१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘फरार’ अहेव साह पक्राउ

इलाम–युवतीमाथि यौनजन्य दुव्र्यवहार आरोप लागेर ‘फरार’ स्वास्थ्यकर्मी उमेश साह पक्राउ परेका छन्। सप्तरीको औरही गाविस–२ घर भएका ३८ वर्षे साहलाई जिल्ला अस्पताल परिसरबाट आइतबार पक्राउ परिएको प्रहरीले जनाएको छ  ।

माइमझुवा गाविसस्थित स्वास्थ्य चौकी इन्चार्ज सिनियर असिस्टेन्ट हेल्थ वर्कर साह जेठ दोस्रो सातायता फरार थिए । आफूलाई यौनजन्य दुव्र्यवहार गरेको दाबी गर्दै २५ वर्षीया युवतीले साहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा जेठ १२ मा उजुरी दिएकी थिइन् । प्रहरीले त्यतिबेला जिल्ला जनस्वास्थ्य कार्यालयलाई समेत पत्र लेखेर ‘साह कतै सम्पर्कमा भए अनुसन्धानमा सहयोग गरिदिन’ आग्रह गरेको थियो ।

साह फरार रहेको भनिएपनि उनले गत असार ३० मा जिल्ला जनस्वास्थ्य कार्यालयमै आएर आफूलाई पुनः काममा फर्काइदिन आग्रह गर्दै कार्यालय प्रमुखसमक्ष निवेदन हालेका थिए । त्यतिबेला पक्राउ गर्न जाँदा उनी भागेको प्रहरीले जनाएको छ ।

पुनरावेदन अदालतले ‘फौजदारी अभियोगबाहेक साहलाई नपक्रन’ दिएको अन्तरिम आदेश प्रहरीमा पनि अदालतबाटै आएको जिल्ला प्रहरीका सूचना अधिकृत रद्र चुडालले बताए । तर, साहविरुद्ध जुन केसमा उजुरी छ, त्यसमा सर्वाेच्चले नै आदेश गरेपनि छाड्न नमिल्ने भएको उनको भनाइ थियो । सामाजिक संस्थामा कार्यरत एक युवतीले साहले कार्यस्थलमै आफ्नो शरीरमा हात लगाएर यौनजन्य दुव्र्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन् ।

 

प्रकाशित: २ श्रावण २०७३ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App