१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दोलखाको मेलुङमा प्रहरी गोलीबाट एकको मृत्यु, चार मतपेटिका लुटियो

दोलखा— मतपेटिका लुट्न अाएको अाएको समूहसँग झडप हुँदा दोलखामा एक जनाको मृत्यु भएको छ। मेलुङ गाउँपालिका वडा नम्बर १ को पवती मतदान केन्द्रमा प्रहरीले चलाएको गोलीबाट नकुल भुजेलको मृत्यु भएको हो। जिल्ला प्रशासन कार्यालयले मतपेटिका लुट्न आएको समूहसँग प्रहरीको झडप हुँदा घटना भएको पुष्टि गरेको छ।

६२ प्रतिशत मतदान भइसकेको स्थितिमा घटना भएको हो। सतिश्वर उच्च मावि प्राङ्गणमा चार वटा मतदान केन्द्र राखिएको थिए। मतदान केन्द्र क ख ग घ का मतपेटिएका लुटिएका हुन्। मतपेटिका लुटिएपछि निर्वाचन स्थगित भएको छ। मतदान अधिकृतलाई प्रहरीले सुरक्षा दिएर राखेको छ।

मतदान केन्द्रबाट चार मतपेटिएका लुटिएको नागरिकन्युजलाई जानकारी दिए।

पवतीमा इन्स्पेक्टर विनोद सुनुवारको कमान्डमा सुरक्षाकर्मी तैनाथ थियो। मतपेटिका लगायतका सामग्री लुट्न आएको समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले फायरिङ खोलेको र सो क्रममा एक जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले बताए। उनले सो मतदान केन्द्रबाट चार मतपेटिएका लुटिएको नागरिकन्युजलाई जानकारी दिए।

घटनाका घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगिँदै
प्रहरीको गोली लागेर चार जना गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेके छ। दोलखाका केही मतदान केन्द्र बिहानैदेखि अशान्त देखिएका थिए।

तामाकोशी गाउँपालिकाको काँग्रेस र एमाले कार्यकर्ताबीच झुले र जफेमा बिहान झडप भएको थियो। झडपपछि सो गाउँपालिकाका एमाले प्रमुख उम्मेदवार मतदानस्थल छोडेर हिँडेका थिए। उनले दुवै मतदान केन्द्र कब्जा गरिएको आरोप लगाएका थिए। स्थानीय प्रशासनले भने दुवै स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको उल्लेख गरेको थियो।

तामाकोशी गाउँपालिकाकै वडा नं। ५, सहरेस्थित जनजागृति मावि मतदान केन्द्रमा पनि विवाद भएपछि सुरक्षाकर्मीले फायरिङ खोलेका थिए। अर्काको नाममा मतदान गर्न गएका व्यक्तिले प्रहरी हवल्दारलाई दुव्र्यवहार गरी आक्रमण प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको थियो। सो क्रममा प्रहरीको गोलीबाट मतदान गर्न लाइनमा बसेकी लीला खड्का घाइते भएकी छिन्। उनको तिघ्रामा गोली लागेको छ।
 

प्रकाशित: ३१ वैशाख २०७४ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App