१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्युठानमा रक्तदाता समाज गठन

काठमाडौं-बिरामीलाई उपचारका समयमा रगतको अभाव हुन नदिन देशव्यापी रुपमा स्वयंसेवी रक्तदाताको सञ्जाल विस्तार गर्दै आइरहेको नेपाल स्वयंसेवी रक्तदाता समाजले प्युठान जिल्लामा नयाँ समिति गठन गरेको छ ।

प्युठान जिल्लामा रक्तदान कार्यक्रमलाई विस्तार गर्ने उद्धेश्यले समाजले उमाराम पौडेलको अध्यक्षमा जिल्ला समिति गठन गरेको समाजका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्यले जानकारी दिए ।

प्युठान जिल्ला समितिको उपाध्यक्षमा प्रल्हादभक्त श्रेष्ठ, सचिव सचिन सुवेदी र कोषाध्यक्ष राधा शर्मा चयन भएका छन् । यस्तै सदस्यहरुमा राधा पुलामी, शरद राज पौडेल, मनु लामा, गजेन्द्र बिक्रम जिसी, लोकनाथ बिक, चन्द्रबहादुर घर्ती र प्रकाश कर्माचार्य रहेको अध्यक्ष कर्माचार्यले बताए ।

प्रकाशित: २ श्रावण २०७३ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App