१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

११५ वर्षीया बाटुली लामिछानेले मतदान गरिन्

भगवती लामा
नुवाकोट—दुई दशक पछि भइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नुवाकोटका जेष्ठ नागरिकले उत्साहको साथ मतदान गरिरहेका छन्। उनीहरुले सहयोगीको साथमा मतदान गरिरहेका हुन्।

सम्भवत जिल्लाकै सबैभन्दा जेष्ठ नागरिक ककनी गाँउपालिका वडा नम्बर ८ का १ सय १५ वर्षीया बाटुली लामिछानेले स्थानीयतहको निर्वाचनमा मतदान गरेकी छिन्।  विस १९५९ साल चैत्र १० गते जन्मिएकी लामिछानेले ककनी गाँउपालिका वडा नम्बर ८ मात्रागाँउमा रहेको अरुणोदय माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन्।

उनीले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेकीे मतदान अधिकृत रामस्नेही मण्डलले बताए। यसैगरी जिल्लाको दुप्चेश्वर गाँउपालिका वडा नम्बर ५ की १ सय ४ वर्षकी तलुसीकुमारी खत्रीले पनि मतदान गरेकी छिन्। महादेव मावि मतदान केन्द्रबाट खत्रीले मतदान गरेकी हुन्।

यसैगरी सूर्यगढी गाँउपलिका वडा नम्बर ३ का १ सय १ वर्षका अनन्त प्रसाद अधिकारीले मतदान गरेका छन् । मतदान अधिकृत सिंहबहादुर तामाङले भने “बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरी शुभारम्भ गरिएको हो । ”

 

प्रकाशित: ३१ वैशाख २०७४ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App