१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

म्याग्दीको घतानमा कांग्रेस–एमालेबीच झडप, दुई मोटरसाईकलमा आगजनी

म्याग्दी- बेनी नगरपालिका–९ घतानस्थित नेप्टेचौरमा शुक्रबार राती नेपाली कांग्रेस र नेकपा एमाले समर्थित यूवाबीच झडप भएको छ। चुनावको प्रचारप्रसारमा रहेका यूवाहरूबीच विवाद र कुटपिट लगत्तै मोटरसाईकलमा पुगेका यूवाहरूले इच्छा महिला बचत तथा ऋण सहकारी संस्था, नेपाली कांग्रेसको वडा सम्पर्क कार्यालयमा तोडफोडका साथै पार्किङ्ग गरिएका दुईवटा मोटरसाईकलमा आगजनी गरेका छन्। ना ४५ प १६९७ र ध १ प २४७८ नम्बरको मोटरसाईकल पूर्ण रुपमा क्षती भएको छ। त्यस्तै ग ७ प १६३३ स्कुटर तोडफोड र  बा २३ प २२३ को मोटरसाईकलमा आगजनीबाट आंशिक क्षती पुगेको छ।

 चुनावी प्रचारप्रसारको क्रममा पटकपटक झडप हुने गरेको घटना आसपासका क्षेत्रमा कांग्रेस सर्मथित यूवाले एमाले सर्मथित यूवा शंकर चोखाललाई कुटपिट गरेको भन्दै सदरमुकाम बेनीबाट पुगेका यूवा संघका कार्यकर्ताले कांग्रेसको वडा सम्पर्क कार्यालय, महिला सहकारी र कार्यालय परिसरमै पार्किङ्ग गरेको मोटरसाईकल समेत जलाइदिएका छन्। ‘सुनियोजित रूपमा सुतिरहेका साथीहरूलाई आक्रमण गरियो, ज्यान लिने गरी आक्रमणको प्रयास भएपनि समयमै प्रहरी पुगेपछि बच्न सफल भएँ’ कांग्रेसका वडा अध्यक्षका उम्मेदवार चक्र केसीले भने। उनले घटनास्थन नजिक दुवै समूहबीच विवाद भएको केही समयमै करिव २५ जना यूवाहरूको समूहले कार्यालय घेरा हालेर आक्रमण गर्नु योजनाबद्ध भएको बताउँदै घटनानको सत्यतथ्य छानविन हुनुपर्ने माग गरे। 

यता नेकपा एमालेमा आवद्ध यूवाहरूले आक्रमण भएपछि प्रतिवाद गरिएको बताए । झडपको क्रममा यूवा संघका जिल्लास्तरका नेताहरूले रवी कार्कीको नाममा लाइसेन्स प्राप्त २.२ क्यालिबरको टुटु राईफल प्रहरीलाई बुझाएको दावी गरेका छन्। एमालेका यूवाहरूले हतियारले हान्ने प्रयास भएको दावी गरेपनि कांग्रेसका यूवाहरूले भने त्यसलाई प्रतिवाद गरेका छन् ।लाइसेन्स प्राप्त हतियारलाई कोठमा राखिएको बताउँदै त्यसको कुनैपनि प्रयोग नभएको दावी गरेको छ।

प्रकाशित: ३० वैशाख २०७४ १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App