१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डा.केसीका मागका विषयमा तत्काल सम्वाद थाल्न नागरिक अगुवाको अपिल

काठमाडौं— डा. सरोज धिताल सहितका १५ नागरिक अगुवाले मेडिकल शिक्षा र स्वास्थ्यको बेथितिविरुद्ध अनसनरत डा.गोविन्द केसीले उठाएका मागबारे तत्काल सम्वाद थाल्न राजनीतिक दल तथा सरकारको ध्यानाकर्षण गराएका छन्।

आठ दिनदेखि अनसनरत डा.केसीको स्वास्थ्य गम्भीर हुँदै गएको भन्दै नागरिक अगुवाहरुले उनले उठाएका मागका विषयमा उपयुक्त निकास खोजेर अनसन टुंग्याउन राज्य र दलहरुको ध्यानाकर्षण गराएका हुन्। ‘त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक एवं प्रध्यापक गोविन्द केसीले आमरण अनशनमा बसेको आठ दिन भइसकेको छ’, १५ जनाले हस्ताक्षर गरेको अपिलमा भनिएको छ, ‘उहाँको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर हुँदै गइरहेको छ।

यतिका दिन वितिसक्दा पनि उहाँले उठाएका माग विषयमा उपयुक्त निकाश खोजेर अनशन टुंग्याउनतिर राज्य र जिम्मेवार राजनीतिक दलको ध्यान नगएकोप्रति हाम्रो गम्भीर ध्नाकर्षण भएको छ।

यतिका दिन वितिसक्दा पनि उहाँले उठाएका माग विषयमा उपयुक्त निकाश खोजेर अनशन टुंग्याउनतिर राज्य र जिम्मेवार राजनीतिक दलको ध्यान नगएकोप्रति हाम्रो गम्भीर ध्नाकर्षण भएको छ।’

उनीहरुले सम्वाद थालेर समस्याको निकास खोज्न र स्थिति थप जटिल बन्न नदिन राज्य र प्रमुख राजनीतिक पार्टीहरुलाई आग्रह गरेका छन्।

अपिलमा हस्ताक्षर गर्नेहरुमा निलाम्बर आचार्य, अनुराधा कोइराला, केदारभक्त माथेमा, कुलचन्द्र गौतम, मिना आचार्य, यादब खरेल, प्रा जयराज आचार्य, द्धारिका ढुंगेल छन् । साथै प्रा.अभि सुवेदी, प्रा.चैतन्य मिश्र, डा.रमेशकान्त अधिकारी, डा.सरोज धिताल, प्रा.योगेन्द्र यादब, प्रा.डिल्ली देवी शाक्य तथा प्रा.कपिल श्रेष्ठले अपिलमा हस्ताक्षर गरेका छन्।

 

 

 

प्रकाशित: २ श्रावण २०७३ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App