१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

ट्रेकिङ इन नेपाल मोवाइल एप सुरु

काठमाडौं–पर्यटकलाई नेपालको पर्यटन क्षेत्रको अधिक जानकारी दिन ट्रेकिङ इन नेपाल मोवाइल एप सुरु गरिएको छ। हनी गाइडले आइतबार राजधानीमा पत्रकार सम्मेल गर्नै उक्त मोवाइल एप औपचारिक रुपमा सुरु भएको घोषणा गरेको हो।उक्त मोवाइल एप हाल आइफोन तथा  अन्य एन्ड्रोइड स्मार्ट फोनमा उपलब्ध छ।

आफूले चाहेको समयमा ट्रेकिङ इन नेपाल एपको प्रयोग गरी विभिन्न पर्यटकीय क्षेत्रको जानकारी लिन सकिने हनी गाइडका सहसंस्थापक अभिषेक पाण्डेले बताए। उनले यो एप एक पटक डाउनलोड गरेपछि अफलाइनबाटै आफूले चाहेको समयमा विभिन्न स्थानको जानकारी लिन सकिने बताए। उक्त एप जिपिएस सिस्टममा आधारित छ। उक्त एपमा भएको प्लेसकार्ड फिचर प्रयोग गरी कुनै पनि पर्यटकीय स्थलको अधिक जानकारी लिन सकिने छ ।

हाललाई उक्त एपबाट एभरेस्ट क्षेत्र, अन्नपूर्ण आधार शिविर र घोरेपानी पुलहिल क्षेत्रमा रहेका लज तथा होटलका साथै यहाँका विशेषताको बारेमा जानकारी लिन सकिने छ। हाललाई सीमित क्षेत्र तथा अंगे्रजी भाषामा मात्र जानकारी उपलब्ध गराएको उक्त एपले आगामी दिनमा अन्य स्थान तथा भाषा थप्दै जाने जनाएको छ।

 

प्रकाशित: २ श्रावण २०७३ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App