१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दक्षिण एसियाली छनोट सातदोबाटोमा

काठमाडौं- अखिल नेपाल लन टेनिस संघ (एएनएलटिए) ले जेठको सुरुआतबाट आइटिएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता गर्ने भएको छ। सातदोबाटोस्थित लन टेनिस कोर्टमा जेठ १ मा सुरु हुने प्रतियोगिता ६ दिनसम्म चल्नेछ। प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ देशको सहभागिता रहने संघकी अध्यक्ष ज्योती राणाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइन।

सात राष्ट्रलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारका प्रतियोगिता गरिनेछ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

फाइनल पुग्ने दुई टोली डिसेम्बरमा काजकिस्तानमा हुने आइटिएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपका लागि छनोट हुनेछन्।

पुरुष र महिलामा समान २/२ टोली छनोट हुने प्रतियोगिताका लागि नेपालबाट पुरुषतर्फ आर्यन गिरी, आरभसम्राट हाडा र अकिजुवेन राउत तथा महिलातर्फ इशाश्री शाह, सर्भानी श्रेष्ठ र सुभांगी लक्ष्मी शाह छनोट भएको संघका महासचिव मनोहरदास मुलले जानकारी गराए। उनले सातदोबाटोमै ७ पुरुष र ६ महिलालाई राउन्ड रोबिन लिग खेलाएर प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको बताए।

सबै ७ राष्ट्रबाट ३ पुरुष र ३ महिला सहभागी हुनेछन्। टिम स्पर्धामा दुई एकल र एक युगल खेल खेलाइने मुलले जानकारी गराए।

पश्चिम एसिया, मध्य एसिया, दक्षिण–पूर्वी एसिया र पूर्वी एसिया क्षेत्रमा पनि यस्तै छनोट प्रतियोगिता हुनेछन्। १२ राष्ट्र सहभागी हुने पश्चिम एसिया तथा ६ राष्ट्र सम्मिलित मध्य एसियाली छनोटबाट समान २–२ राष्ट्र छानिने छन्। दक्षिण पूर्वी र पूर्वी एसियाबाट समान ३–३ राष्ट्र छनोट हुने छन्। त्यसमध्ये दक्षिण पूर्वी एसियामा १० र पूर्वी एसियामा ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २९ वैशाख २०७४ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App