१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

एक्लै अघि नबढ्न देउवालाई पौडेलको चेतावनी

काठमाडौं–पार्टी एकलौटी ढंगले संचालन गरेको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन्। निर्णय प्रक्रियामा आफूहरुलाई सहभागी नगराएको भन्दै पौडेलले सभापति शेरबहादुर देउवासमक्ष असन्तुष्टि जनाएका हुन्। आइतबार आफू निटक नेतासहित देउवा निवास बुढानिलकण्ठ पुगेका पौडेलले निर्णय प्रक्रियामा आफूहरुलाई पनि सहभागी गराउन आग्रह  गरेका हुन्।

शनिबार देउवा र माओवादी केन्द्रका अध्यक्षले सामुहिक रुपमा कानुन व्यवासायीसँग छलफल गर्दा पौडेल पक्षधर नेतालाई बोलाएका थिएनन्। पौडेलले  महाधिवेशन भएको लामोसमयसम्म पदाधिकारी नियुक्ती नगरेको, भातृ संगठनको निर्वाचनको मिति नतोकेको तथा निर्णय प्रक्रियामा आफूहरुलाई सहभागी नगराएको भन्दै देउवाको ध्यानाकर्षण गराएका थिए। 

जवाफमा देउवाले सबैलाई मिलाएर लैजाने आश्वाशन दिँदै भातृ संगठनको  महाधिवेशनको मिति छिट्टै तोकिने बताएका थिए। देउवालाई भेट्न पौडेलसहित नेताहरु प्रकाशमान सिंह, रामशरण महत तथा सितादेवी यादव देउवा निवास बुढानिकलण्ठ पुगेका थिए।

 

प्रकाशित: २ श्रावण २०७३ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App