१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अाेबिअाेअारका लागि नेपाल र चीनबीच हस्ताक्षर

हस्ताक्षरपछि परराष्ट्र सचिव शंकरदास वैरागी र चिनिया राजदूत यु होङ। तस्बिर : दीपेश श्रेष्ठ

काठमाडौं- वान बेल्ड वान रोड (ओबिओआर) परियोजनाका लागि नेपाल र चीनबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री प्रकाशशरण महतको सहभागितामा आयोजित कार्यक्रममा परराष्ट्र सचिव शंकरदास वैरागी र चिनिया राजदूत यु होङले ओबिबओआर परियोजनाको सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

यो परियोजनामा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्धलाई नयाँ उचाई प्रदान गर्ने सहभागीहरुले बताएका छन्।

विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र भारतबीच गतिशील पुल बन्न नेपालले 'वान बेल्ट वान रोड' (ओबिओआर) को 'फ्रेमवर्क' तयार पारेको थियो। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको थियो।

वैशाख ३१ र जेठ १ गते बेइजिङमा ओबिओआर फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलन हुँदैछ। सम्मेलनमा सहभागी हुन अर्थमन्त्री कृष्णबहादुर महरासहितका मन्त्रीहरु अाजै बेइजिङ प्रस्थान गर्दैछन्। ६५ देशलाई छुने ओबिओआर परियोजनामा मन्त्री महराले हस्ताक्षर गर्ने कार्यक्रम छ। भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखक एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की पनि बेइजिङ जाँदैछन्।

प्रकाशित: २९ वैशाख २०७४ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App