१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

घ्याल्चोकमा माओवादी र कांग्रेसबीच झडप, दुई राउण्ड हवाई फायर

गोरखा- गण्डकी गाउँपालिका ८ घ्याल्चोकको साविकको गाविस भबन नजिकै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। चुनाव प्रचार प्रसारको क्रममा माओवादी र कांग्रेस कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको स्थानीयले बताएका छन्।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फाएर गरेको छ। ‘दायाँ बायाँ दुई पार्टीका कार्यकर्ता थिए, ढुङ्गा हानाहान गरेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन हवाई फायर गर्नुपर्‍यो’ घटनास्थलमा रहेका प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले भने। दिउँसोदेखि त्यहाँ झडपको हुन सक्ने अवस्था सिर्जना भएको थियो। हवाई फाएरपछि स्थिती केही नियन्त्रणमा आएपनि झडप हुने अवस्था अभै टरेको छैन। जिल्ला प्रहरी कार्यालयबाट डिएसपी थापा सहितको थप टोली घटनास्थल तर्फ गईरहेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित: २७ वैशाख २०७४ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App