तरकारीबाट आत्मनिर्भर बन्दै मुसहर

बुधबार, २७ बैशाख २०७४, ११ : २२ मिथिलेश यादव

भाँगबारी – गोलबजार नगरपालिका–३ भाँगबारीकी भुली सदायको जिवनशैली बदलिएको छ । साहुको खेतमा श्रम गरेबापत पाइने ज्यालाबाट गर्जो टार्ने जिवनशैली बदल्न उनी आफैंले व्यावसायिक तरकारी खेती सुरु गरेकी छिन् ।

साहुको खेत लिज (भाडा)मा लिएर महिलाको समूह बनाएर व्यावसायिक रुपमा सामूहिक तरकारी खेती सुरु गरेकी भुलीको समूहमा २० जना मुसहर महिला छन् । प्रतिपरिवार दुई कट्ठाको दरले जमिन लिज लिएर तरकारी खेतीलाई सामूहिक र व्यावसायिक रुपमा सुरु गरेको उनले बताइन् । ‘हाम्रो समूहमा ४० कट्ठा खेत छ,’ उनी भन्छिन्, ‘३० कट्ठामा भेन्टा र १० कट्ठामा हरियो खुर्सानी रोपेका छौं ।’

भाँगबारीका मुसहर बस्ती मात्र नभई मुसहरनिया, निपनिया र चोहर्वाका विपन्न मुसहरले पनि जग्गा भाडामा लिएर सामूहिक रुपमा व्यावसायिक तरकारी खेती थालेका छन् । मुसहरनियाका २०, निपनियाका १२ र चोहर्वाका आठ घरधुरी मुसहर परिवारले व्यावसायिक तरकारी खेती सुरु गरेका छन् ।

‘अरुको खेतमा श्रम र सीप खर्च गरेर पेट पाल्न मुस्किल थियो,’ श्रीवती सदाय भन्छिन्, ‘जति श्रम गरे पनि साहुकै ऋणी भएर बाँच्नुपर्ने बाध्यता थियो ।’ अब आफ्नो सीप र श्रम आफ्नै खेतमा उपयोग गरेर जीवन बदल्ने लालसा बढेको उनले सुनाइन् । 

यी बस्तीका मुसहरलाई अत्मनिर्भर बनाउने अभियानमा गुरुधामका किसान माधव थपलियाले निःशुल्क सहजीकरण गरिरहेका छन् । बेर्ना उमार्नेदेखि तरकारीका बिरुवा रोप्ने, गोडमेल गर्ने काममा थपलियाले सहजीकरण गरिरहेको श्रीवतीले बताइन् ।

‘मुसहरको उत्थानका निमित्त परीक्षण स्वरुप ६० घरधुरी छानेर व्यावसायिक तरकारी खेती सुरु गरिएको छ,’ थपलियाले भने, ‘तरकारी बेचेर हुने आम्दानी सबै मुसहर समूदायकै महिलाको हुन्छ ।’ आर्थिक रुपमा सबल बनाएर उनीहरुको सीपलाई व्यावसायिक र उत्पादनलाई बजारीकरण गराएर आत्मनिर्भर बनाउने लक्ष्य रहेको थपलियाले सुनाए । 

मुसहर समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिरहाबाट सुरु गरिएको परीक्षण योजनालाई सामुदायिक आत्मनिर्भर केन्द्र काठमाडौंले १२ लाख रुपैयाँ सहयोग गरेको छ ।

जेठ १५ पछि मनसुन सुरु हुन्छ । मनसुन लागेपछि सिमावर्ती भारतीय खेतहरु डुब्छन् । त्यो बेला सिमावर्ती क्षेत्रमा तरकारीको हाहाकार पर्छ । र, ती क्षेत्रका तरकारी व्यापारी यस क्षेत्रमा तरकारी किन्न आउँछन् । यो सिजनमा यहाँका तरकारी किसानको घरमै तरकारी किन्न भारतीय व्यापारीको लर्को लाग्ने गरेको तरकारी किसान थपलिया बताउँछन् । ‘जेठ मध्यबाट बढ्ने तरकारीको माग मिथिलाञ्चलको महान पर्व छठसम्मै उच्च रहन्छ,’ उनले भने । यो सिजनमा भेन्टाको थोक मूल्य प्रतिकिलो ४० देखि ६० रुपैयाँ हुन्छ भने हरियो खुर्सानी प्रतिकिलो सयदेखि एक ५० रुपैयाँ थोकमा बिक्री हुने थपलिया बताउँछन् ।

तरकारीको माग उच्च हुने सिजनलाई लक्ष्य गरी यस क्षेत्रका मुसहरहरुले भेन्टा र हरियो खुर्सानी खेती सुरु गरेका हुन् । यस अवभिमा प्रत्येक मुसहर परिवारले एक लाख रुपैयाँसम्म आर्जन गर्न सक्ने आँकलन गरिएको छ ।

कृषि यन्त्र र उपकरण प्रयोग गरेर खोती हुन थालेको थपलिया बताउँछन् ।

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad