१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकलकाे ठक्करले एक भारतीयको मृत्यु

कोहलपुर – नेपालगन्ज— कोहलपुर सडक खण्डमा मंगलबार राती मोटरसाइकलको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार राती १० बजे जानकी गाउँपालिकास्थित गनापुरमा नेपालगन्जबाट काहलपुर जाँदै गरेको भे ५ प ८९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री भारत बहराईचका अहमद बाचपैयाको मृत्यु भएको हो । 

भारत बहराईचका कुलदिप मिश्र गम्भीर घाईते रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । मोटरसाईकलबाट घाईते बाचपैयाको मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । 
अर्का घाइते मिश्रको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । पैदलयात्रामा रहेका उनीहरुलाई तीव्र गतिमा रहेको मोटरसाईकलले ठक्कर दिएको थियो । 

मोटरसाइकल चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

प्रकाशित: २७ वैशाख २०७४ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App