१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा राष्ट्रपतिको चुनाव हुँदै

सिओल- दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ। आफ्नो कार्यकाल नै सम्पन्न नभई पूर्व राष्ट्रपति पार्क गुन हेलाई भ्रष्टाचारमा संलग्न भएको भन्दै महाअभियोग लागेपछि उनी राष्ट्रपति पदबाट बर्खास्त भएकी थिइन्।

पार्क गुन हे राष्ट्रपति पदबाट बर्खास्त भएपश्चात् दक्षिण कोरिया राष्ट्रपतिविहीन भएको थियो। प्रधान्मन्त्री ह्वाङ कोयो आच्ले कार्यकारी राष्ट्रपतिका रुपमा काम कारबाही अगाडि बढाएका थिए।

राष्ट्रपति चयन भएपछि आफ्नो कार्यभार नवनियुक्त राष्ट्रपतिलाई सुम्पिने उनले बताएका छन्। राष्ट्रपति चयनका लागि दक्षिण कोरियाली जनताले प्रत्यक्षरुपमा मतदान गर्दैछन्।

राष्ट्रपतिको निर्वाचनमा दुई विपक्षी धारका नेताहरु वामपन्थी धारका मून जे इन र मध्यवर्ती धारका आन चल सूबीच प्रतिस्पर्धा हुँदैछ। मत सर्वेक्षणका विषयमा गरिएको पूर्वानुमानमा भने वामपन्थी धारका मून जे इनको जित हुने सम्भावना बढी रहेको बताइएको छ।

यसअधि सन् २०१२ मा भएको राष्ट्रपतिको निर्वाचनमा मून जे इन पूर्वराष्ट्रपति पार्क गुन हेसँगको प्रतिस्पर्धामा थोरै मतान्तरले पराजित भएका थिए।

राष्ट्रपतिका दाबेदार मून जे इन पछिल्लो समयमा दक्षिण कोरिया र उत्तर कोरियाबीचको बढ्दो दूरीलाई घटाउने मनस्थितिमा छन्। उनले उत्तर कोरियासँग सम्पर्क बढाउने उल्लेख गरेका छन्। पूर्व राष्ट्रपति पार्क गुन हेले भने उत्तर कोरियासँगको कूटनीतिक सम्बन्ध बढाउनका खासै प्रयास गरेकी थिइनन्।

प्रकाशित: २६ वैशाख २०७४ ०५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App