१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्ट्यान्डर्ड चार्टर्डको एफडिओ बाँडफाँट

काठमाडौं- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको एफपिओ (थप निष्कासन) बाँडफाँट भएको छ। सोमबार भएको बाँडफाँटमा एक सय ४० कित्तासम्म आवेदन दिनेले गोलाप्रथाबाट १० कित्ता र एक सय ५० देखि माथि आवेदन दिने सबैले सेयर पाएका छन्।

एक सय ५० कित्ताका लागि आवेदन दिनेको भागमा पनि १० कित्ता नै परेको छ। एक सय ६० कित्ताको लागि आवेदन दिनेले ११ कित्ता हात पारेका छन्।

धेरै आवेदन दिनेले बढी सेयर पाएका छन्। सबैभन्दा बढी २५ हजार पाँच सय ८० कित्ताको लागि आवेदन दिनेको भागमा एक हजार ६ सय ३० कित्ता परेको छ।  प्रतिशतका आधारमा हेर्दा १० देखि ३० कित्तासम्म आवेदन दिनेले २४.६० प्रतिशत सेयर पाएका छन् भने त्यसभन्दा माथि ४० देखि २५ हजार पाँच सय ८० कित्तासम्म आवेदन दिनेको भागमा ६.३८ प्रतिशत सेयर परेको छ।

उक्त सेयरका लागि कुल दुई लाख १७ हजार तीन सय २२ जनाले आवेदन भरेका थिए। जसमा एक लाख ४० हजार एक सय ३२ जनाले सेयर पाएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ।

उक्त बैंकले चैत १ देखि ४ गतेसम्म २५ लाख ५८ हजार एक सय ४० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो।

प्रकाशित: २६ वैशाख २०७४ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App