१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यातायातका कर्मचारी घुससहित पक्राउ

इटहरी- कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीका कार्यालय प्रमुखसहित पाँच जनालाई राजस्व हिनामिनाको आरोपमा निलम्बन गरेर छानबिन गरिरहेको बेला थप एक जना कर्मचारी सोमबार घुससहित पक्राउ परेका छन्। सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस लिँदालिदै नायब सुब्बा बिनोद दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले पक्राउ गरेको हो।

५५ करोडभन्दा बढी राजस्व हिनामिना गरेको आरोपमा यातायात व्यवस्था विभागले दुई साताअघि कार्यालय प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापाल सुरेश अधिकारी र रुद्रप्रसाद दाहाल तथा नायब सुब्बा टीकाप्रसाद बाँस्तोलालाई निलम्बन गरेको थियो । यी सवैको अहिले अनुसन्धान भइरहेको छ  ।

कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्ने क्रममा अख्तियारको टोली दिनहुजसो यातायात कार्यालय जाने गरेको छ। कर्मचारी दाहालले वागमती अञ्चलबाट मारुती भ्यान कोशीमा सहमति दर्ता गर्दा १५ दिनअघि सेवाग्राहीबाट दस हजार माग गरेर काम आलटाल गदैं आएकोमा सोमबार पाँच हजारमा काम गर्ने ‘कबोल’ गरेपछि रंगेहात पक्राउ परेका हुन् ।

 अख्तियारका पूर्वाञ्चल क्षेत्रीय प्रमुख प्रेमप्रसाद भट्टराईका अनुसार, दाहाललाई अहिले थुनामा राखिएको  छ। पाँच जना कर्मचारीलाई निलम्बन गरेर छानबिन भइरहेको बेला दाहालले हाक्काहाक्की घुस सेवाग्राहीबाट माग्नुले यातायात कार्यालयका थप कर्मचारी निगरानी गर्ने अख्तियारले जनाएको छ।

‘राजस्व हिनामिनामा छानबिन भइरहेका बेला कर्मचारी बिनोद दाहालले सेवाग्राहीबाट पैसा लिएकोमा आफूपनि अचम्भित भएको छुँ,’ यातायात कार्यालयका निम्ति प्रमुख गोपाल थपलियाले भने ।

राजस्व हिनामिना गरेकोमा यातायात विभागले निलम्बन गरेका कार्यालय प्रमुख नेपालसहित अन्य पाँच जनाको भने अदालतमा मुद्दा पेस हुने तयारीमा छ  । त्यो घटनामा निलम्बनमा परेका चार जना सम्पर्कमा रहेपनि लेखापाल सुरेश अधिकारी भने फरार छन् । यातायात व्यवस्था विभागले आर्थिक बर्ष २०७१÷०७२ देखि आर्थिक बर्ष २०७३÷०७४ को फागुन मसान्तसम्मको आर्थिक हिसाब हेर्दा ५५ करोडभन्दा बढी हिनामिना गरेको पत्ता लागेपछि कारबाही गर्न अख्तियारलाई पत्रचार गरेको थियो ।

प्रकाशित: २५ वैशाख २०७४ १४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App