१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपालले ओबीओआरमा हस्ताक्षर गर्ने

काठमाडौँ – नेपालले वान बेल्ट वान रोड (ओबीओआर) परियोजनामा हस्ताक्षर गर्ने  निर्णय गरेको छ ।  सेमबार बसेको मन्त्रीपरिषद्को बैठकले चीनबाट नेपाल - भारत हुँदै युरोप जोड्ने उक्त सडक परियाेजनामा उपप्रधानमन्त्रीको नेतृत्वमा हस्ताक्षर गर्ने निर्णय गरेको हो । 

बैठकले त्यसका लागि उपप्रधान एवं अर्थमन्त्री कृष्ण बहादुर महरा नेतृत्वको टोलीलाई चीन पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए। ‘यही बैशाख २९ गते उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन जाने निर्णय भएको छ’, उनले भने ‘प्रतिनिधि मण्डलले वान बेल्ट वान रोडको एमओयूमा हस्ताक्षर गर्ने छ ।’

यस्तै सोमबारको बैठकले काठमाडौं उपत्यकामा नयाँ व्यवस्थित सहर निर्माण गर्ने पनि निर्णय गरेको छ । उपत्यकामा भएको बढ्दो चाप घटाई व्यवस्थित वसोबासका लागि नयाँ सहर निर्माणको निर्णय गरेको हो ।

प्रकाशित: २५ वैशाख २०७४ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App