१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सेनाद्वारा १४ थान सकेट बम डिस्पोज

गोरखा – जिल्लाको सुलिकोट गाउँपालिका वडा नम्वर ३ स्वाँरामा सोमबार भेटिएको १४ थान सकेट बम रणसिंहदलको नेपाली सेनाको  टोलीले टिस्पोज गरेको छ ।  

घाँसदाउरा गर्न गएका स्थानीयले ओडारमुनी शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी गएर हेर्दा बोराभित्र बम रहेको पुष्टि गरेपछि रणसिंह दलको नेपाली सेनाको बम डिस्पोजल टोली दिउँसो ४ बजे  त्यहाँ पुगेको थियो । 

यस अघि पनि त्यहाँ ठूलो परिमाणमा बिस्पोटक पदार्थहरु भेटिएको थियो । उक्त पदार्थहरू द्वन्द्वको समयमा लुकाएर राखिएको हुन सक्ने प्रहरीको आशंका छ । सशस्त्र द्वन्द्वको समयमा त्यस क्षेत्रमा माओवादीले हतियार स्टोर गर्ने, गाडेर राख्ने, पहरोमा लुकाउने गरेको स्थानीय बताउँछन् । 
 

प्रकाशित: २५ वैशाख २०७४ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App