१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नाइजेरियामा बस दुर्घटना,  कम्तीमा २६ को मृत्यु

लागोस –  नाइजेरियाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने लागोसदेखि इबाडानसम्मको राजमार्गमा शनिबार भएको दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । 

दुई वटा १८ सिटे बस दुर्घटनामा परेको ओयो राज्यका सडक सुरक्षासम्बन्धी कार्यालयका प्रमुख युसुफ सलामीले जानकारी दिए । 

घटनामा परी बालबालिकासहित ११ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए । प्रत्यक्षदर्शीहरूले दुर्घटनापछि दुवै बसका यात्रुहरु चिन्नै नसकिने गरी जलेको बताएका छन् । 

सडक दुर्घटनामा परी धेरै जनाको मृत्यु हुने देशहरुमध्ये नाइजेरिया विश्वमै अग्रपङ्क्तीमा पर्दछ । 

सडकको अवस्था नाजुक, राम्रोसँग मर्मत नगरिएका सवारीसाधान, ट्राफिक नियमको उलङ्घन, चालकहरुको हेलचक्रयाइँ र अनुगमनको अभावका कारण दुर्घटना धेरै हुने गरेको अधिकारीहरुको भनाइ छ ।

प्रकाशित: २४ वैशाख २०७४ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App