१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अमेरिकामा तीन नेपाली पत्रकारलाई सम्मान

नेजा सामुदायिक पुरस्कार ग्रहण गरिसकेपछि लेखक शिवप्रकाश र पत्रकारहरु क्रमशः मनोज अधिकारी र दिनेश कार्की।

मनसास, भर्जिनिया- समाचार स्रोत र सञ्चारकर्मीको सम्बन्ध व्यवसायिक नहुँदा प्रवासी पत्रकारिता गुणस्तरीय नभएको गुनासो बढेको छ। व्यक्तिगत लाभका लागि समाचार लेख्ने वा नलेख्ने वर्गबाट नेपाली पत्रकारिता कमजोर बन्दै गएकोमा लेखक शिव प्रकाशले चिन्ता प्रकट गरे। अमेरिकाको नेपाली समुदायमा बिमा ठगीसम्बन्धी समाचार लेखेबापत शनिबार भर्जिनियामा पुरस्कृत भएपछि उनले खराब प्रवृत्तिविरुद्ध सधैं कलम चलाउने प्रतिबद्धता जनाए।

ती पत्रकारलाई १ हजार १ सय ११ डलर राशिको पुरस्कार संयुक्त रुपमा प्रदान गरेको हो।

गत वर्ष प्रकाशित बिमा ठगीसम्बन्धी समाचार लेखेबापत उनीसहित पत्रकार दिनेश कार्की र मनोज अधिकार सम्मानित भए। बिमा ठगीजस्तै नेपाली समुदाय अन्यायमा परेका अन्य विषय पनि रहेकाले छिटै त्यसको पर्दाफास गर्ने उनीहरुले उल्लेख गरे।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले शनिबार भर्जिनियाको मनाससमा आयोजित साधारणसभामा ती पत्रकारलाई १ हजार १ सय ११ डलर राशिको पुरस्कार संयुक्त रुपमा प्रदान गरेको हो। यसपटक नेजा सामुदायिक पत्रकारिता पुरस्कार स्थापना गरी पहिलो पटक प्रदान गरिएको हो। नेजा सन् २००७ मा स्थापति अमेरिकामा बसोबास गर्ने नेपाली पत्रकारहरुको संस्था हो।

पुरस्कारस्वरुप प्राप्त रकम चितवनको सानो घर नामक अनाथ बालबालिकाको संस्थालाई प्रदान गर्ने उनीहरुले सोही कार्यक्रममा घोषण गरे। गत वर्षको फागुनमा प्रकाशित अमेरिकामा नेपालीले धमाधम बिमा रद्द गर्दै शीर्षकको समाचारलाई तीन सदस्यीय छनौट समितिले उत्कृष्ट ठहर गरेको हो।

समाचार प्रकाशित भएपछि पीडितहरुले बिमाका पोलिसीहरु धमाधम रद्द गर्दै सम्बन्धित निकायमा ठगीमा परेको भन्दै उजुरी दिएका थिए। उक्त उजूरीमाथि अहिले पनि छानबिन चलिरहेको छ।

नेजाका महासचिव तोया दाहालले प्राप्त विभिन्न समाचार सामाग्रीमध्ये बिमा ठगीको समाचार खोजमुलक, सन्तुलित, तथ्यपरक रहेका कारण छनौटमा परेको र भविष्यमा पनि यस्तै समाचारहरु लेख्ने विश्वास लिए। कार्यक्रममा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेल, पुराना पत्रकार योगेश उपाध्याय, अवैतनिक महावाणिज्यदूत प्रेमराजामहत, एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेललगायत करिब एक सय सञ्चारकर्मी सहभागी थिए।

प्रकाशित: २४ वैशाख २०७४ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App