१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

काल्सबर्ग गल्फ सिरिज सुरु

काठमाडौं- काल्सबर्ग गल्फ सिरिज् २०१७ को पहिलो एडिशनको सुरुवात भएको छ। गोकर्ण फरेष्ट रिसर्टमा हुने  ३ वटा सिरिजको यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुले प्रतिष्पर्धा गर्ने छन्।

३ वटा बाँकी दुई वटा अगष्ट र अक्टोबरमा आयोजकले जनाएका छन्। आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सहभागिता जनाउन सक्नेछन्।यो सिरिज् ¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फर्म्याटमा खेलिने छ।

प्रत्येक इभेन्टबाट उत्कृष्ट १० नेट स्कोर गर्ने खेलाडिहरु र उत्कृष्ट ५ ग्रस स्कोर गर्ने खेलाडिहरुले अंक प्राप्त गर्नेछन् र तीन वटा इभेन्ट पछि ग्रस अनि नेट विधामा जुन खेलाडिले सबैभन्दा धेरै अंक प्राप्त गर्छन् सोहीलाई काल्र्सबर्ग गल्फ सिरिज् ग्रस र नेट च्याम्पियन घोषित हुने आयोजकले बताएको छ।

 प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फ सिरिजले लामो बाटो तय गरेको  गोर्खा ब्रुरअरीका प्रबन्ध निर्देशक अरुण अधिकारीले बताए।

प्रकाशित: २३ वैशाख २०७४ १४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App