१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संघीय गठबन्धनबाट उपेन्द्र यादवलाई हटाइयो

काठमाडौ- संघीय गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हटाइएको छ।

गठबन्धनका नेताहरूको शनीवार पुरानो तमलोपा पार्टी कार्यलय विजुलीवजारमा बसेको बैठकले बहुमतबाट यादवलाई गठबन्धनबाट हटाउने निर्णय गरेको थियो।  सो बैठकमा यादवलाई बोलाइएको थिएन। बैठकमा राजपाका अध्यक्ष मण्डलका सदस्य,कुमार लिङदेन लगायतका नेताहरू  उपस्थिति रहेका थिए ।संघीय गठबन्धनलाई थाहा नै नदिइ स्थानीय निर्वाचनमा सहभागी भएको भन्दै गठबन्धनका नेताहरू यादवसंग आक्रोशित भएका छन । राजपा नेता केवश झाले शनीवार बसेको संघीय गठबन्धनको बैठकबाट यादवलाई हटाइएको बताए । ‘आज (शनीवार) बसेको संघीय गठबन्धनको बैठकले उपेन्द्र यादवलाई हटाउने निर्णय गरेको छ,’झाले भने ।

यसअघि, उपेन्द्र यादवले  संघीय गठबन्धनको नेतृत्व गर्दै आएका थिए । तर यादव स्थानीय चुनवमा सहभागी भए पछि अहिले उनी चुनावको तयारीमा सक्रिय रहेका छन । उनले नयाँ शक्तिसंग तालमेल गरी चुनावमा गएका छन । गठबन्धनमा आबद्ध राजपा नेपाल लगायतका केही पार्टीहरू भने स्थानीय चुनाव बहिस्कार गरेका छन ।  उपेन्द्र यादवलाई हटाए पछि गठबन्धनको बैठक आइतवार बोलाइएको छ। आइतवारको बैठकमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अध्यक्षता गर्ने भएका छन।

प्रकाशित: २३ वैशाख २०७४ १४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App