१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेको विरोधपछि संसद बैठक स्थगित

काठमाडौँ – महाअभियोगको विषयमा छलफल हुने भनि १ बजे बोलाइएको व्यवस्थापिका संसदको बैठक सुरु नहुँदै स्थगित भएको छ । 

प्रमुख प्रतिपक्षी दल एमालेले बैठक सुरु नहुँदै रोस्टम घेराउ गरेपछि आजको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो । 

शुक्रबार बिहान एकैछिन बसेको बैठक एमाले, राप्रपासहित विपक्षी दलहरूको विरोधका कारण १ बजेका लागि सारिएको थियो । 

सत्तारुढ दलले संसद् सचिवालयमा  गत आइतबार दर्ता गरेको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने भन्दै एमालेले पटक पटक विरोध जनाउँदै आएको थियो ।  

महाअभियोग प्रस्तावमा आजै छलफल हुने भनिए पनि एमालेको विराेधसँगै अाइतबारसम्मका लागि रोकिएको छ।

प्रकाशित: २२ वैशाख २०७४ ०८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App