१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढीले पुल बगाएपछि स्थानीयलाई समस्या

जाजरकोट-गएराति देखि परेको अविरल वर्षातका कारण खोलामा  आएको वाढीले पुल बगाउँदा जिल्लाको उत्तरी वारेकोट क्षेत्रका  सयौं स्थानीयहरुको आवात जावात बन्द भएको छ। रोकायगाउँ गाविस वडा नं १को गाग्रेखोलामा रहेको काठेपुल बाढीले  बगाएपछि  उक्त गाविसका विभिन्न वडाका   स्थानीयहरुलाइ एक गाउँवाट अर्को गाउँमा आवाज जावता  गर्न समस्या परेको  स्थानीय लालवहादुर रोकायले बताए। उनले पुल बगेपछि  गाउँको आवाज जावात मात्र नभइ  बाहिरी गाविसहरु पैंक, नायकवाडा, रामीडाडा , सदरमुकाम खलंगा र जुम्ला जाने वाटो समेत बन्द भएको  बताए । स्थानीय जनताको श्रमदान र गाविसको  संयुक्त लगानीमा गत वर्ष वनेको पुल बाढीले बगाएपछि स्थानीयहरु ठूलो मर्कामा परेको हो।  योजना र बजेट निर्माण गर्नेहरु सम्म पहुच नहुँदा आफुहरुलाइ मर्का परिरहेको स्थानीयहरुको गुनासो छ। स्थानीय रोकायका अनुसार  गाग्रेखोलामा आएको बाढीले  सोहि खेलावाट उत्पादन गरिएको  गाग्रे खोला लघु जलविद्यूत आयोजनाको कुलो भत्किदा विजुली समेत बन्द भएको छ। त्यसै गरि  खोलामा आएको बाढीले   घटहरु बगाउँदा  स्थानीयलाइ  पिठो पिस्न समस्या परेको   रोकायले बताए। विजुलीको कुलो, बगेको काठेपुल निर्माणका लागि  सहयोग गरिदिन  स्थानीयले सरकारसंग माग गरिरहेको रोकायले बताए।  प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले   रोकायगाउँमा पुल भत्किएर आवातजावात बन्द भएको  बारेमा  प्रहरीले  स्थलगत रिपोर्ट तयार गरिरहेको बताए ।  उनले  प्रहरी रिपोर्ट पछि  बाढी पहिरोको क्षतिको विवरण आउने  बताए । गत वर्ष भन्दा यस वर्ष  जिल्लामा पानी अत्यधि परिरहेको  र  यसवाट वाढी पहिरोको  धेरै खतरा रहेकोले सचेत रहन स्थानीयलाइ उनले आग्रह गरे ।   त्यस्तै  सदरमुकाम खलंगाको शान्तिचौतारा र गैरीखालीवाट रिसाङ हुदै पाँचकटिया जाने  मुल सडकमाथिवाट आएको पहिरोले   यातायातका साधन चलाउन समस्या परेको  छ ।  पहिरोकै कारण पाँचकटिया जाने  जीप सेवा पनि वन्द भएको  छ ।  सदरमुकाम वरीपरीको   सडक खुलाउन भेरीमालिका नगरपालिकाले पहल गरिरहेको  बताइएको  छ ।

प्रकाशित: १ श्रावण २०७३ ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App