१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अपहरणमा परेको भनिएका गिरी गोदावरीमा भेटिए

काठमाडौँ –  अपहरणमा परेको भनिएका नयाँ शक्तिका वडा अध्यक्ष उम्मेद्वार मदन गिरी गोदावरीको जंगलमा घुमिरहेको अवस्थामा फेला परेका छन् । 

बुधबारबाट सम्पर्क विहिन भएका गिरीलाई प्रहरीले गोदावरीमा फेला पारेको हो ।  गिरीले बुधवार आफूलाई ४ जनाले अपहरण गरेको भन्दै पार्टीका नेतालाई एसएमएस गरेपछि सम्पर्क विहिन भएका थिए।  

तर प्रहरी अनुसन्धानमा भने उनी अपहरणमा नपरी आफैँ सम्पर्कविहिन बनेको देखिएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँका  एसएसपी छविलाल जोशीका अनुसार गिरीले चर्चाका लागि अपहरणको  नाटक गरेका हुन् । ‘ गिरी अपहरित भएको बारे विश्वसनीय तथ्य फेला परेन ।आफैँ सम्पर्कविहिन भएको  देखियो,’  एसएसपी जोशीले भने ।  

गिरीले अाफूलार्इ कोटेश्वरबाट ४ युवतीले अपहरण गरेको दावी गरे पनि सोधपुछमा अपहरणबारे विश्वसनीय जानकारी दिन नसकेको र चर्चामा आउन अपहरण नभइ अपहरणको हल्ला गरेको प्रहरी निष्कर्ष छ ।

नागार्जुन नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष उम्मेद्वार गिरी पूर्व सैनिक हुन्।

प्रकाशित: २२ वैशाख २०७४ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App