१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भक्तपुरका उम्मेदवारमा शिक्षकको बाहुल्य

भक्तपुर- भक्तपुर नगरपालिकाका उपमेयरका उम्मेदवार रजनी जोशी ख्वप इन्जिनियरिंग कलेज लिवाली भक्तपुरकी उपप्राचार्य हुन्। इन्जिनियरिंग अध्यापनमा लामो समयदेखि कार्यरत आर्किटेक्ट उनले उपप्राचार्यबाट राजीनामा दिई नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगरपालिका उपमेयरका लागि उम्मेदवारी दिइन्।

मध्यपुर थिमि नगरपालिकाका मेयरका उम्मेदवार मदनसुन्दर श्रेष्ठ पनि प्रधानाध्यापक हुन्। शंखधर मेमोरियल स्कुल मध्यपुर थिमिका प्राधानाध्यापकबाट राजीनामा दिएर उनी नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल मजदुर किसान पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको संयुक्त प्यानलबाट मेयरमा उम्मेदवारी दिएका हुन्।

नेपाल मजदुर किसान पार्टीकी रजनी, नेपाल कम्युनिष्ट पार्टी एमालेका मदनसुन्दरजस्तै चाँंगुनारायण नगरपालिकामा मेयरका उम्मेदवार न्हुछेंभक्त फोंजू र सोम मिश्र पनि शिक्षक नै हुन्। न्हुेछेभक्त चाँंगुनारायण नगरपालिका छालिंगस्थित गणेश माध्यमिक विद्यालय छालिंगका प्रधानाध्यापक हुन् भने सोम बोडे उच्च माध्यामिक विद्यालयका शिक्षक। नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार न्हेुछेंभक्तले उम्मेदवारी दिन राजीनामा दिएका थिए भने सोमले भने पार्टीका केन्द्रीय सदस्य उम्मेदवार बन्नुअघि नै नै राजीनामा दिएका थिए।

मेयर, उपमेयरसहित विभिन्न नगरपालिकाका वडा अध्यक्षमा उम्मेदवारीका लागि पनि शिक्षक पेशाबाट राजीनामा दिएर आउनेको लस्कर यहाँं छ। भक्तपुर नगरपालिका ९ का वडा अध्यक्षका उम्मेदवार रविन्द्र ज्याख्व ख्वप कलेज भक्तपुरका विज्ञान संकायमा स्नातकोत्तर तहका इन्चार्ज हुन्। कलेजको एमएस्सी इन्चार्जबाट राजीनामा दिएर उनी वडा अध्यक्षका उम्मेदवार बन्न गएका हुन्। साथै भक्तपुर नगरपालिका– २ का हरिप्रसाद बासुकला पनि बासु उच्च माध्यामिक विद्यालय कालिघाट व्यासीका सरकारी शिक्षक हुन्। सरकारी शिक्षक त्यागेर उनी वडा अध्यक्षका उम्मेदवारी दिएका हुन्। भक्तपुरमा भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक गरी चारवटा नगरपालिका छन्।

यसैबीच जिल्लाका नगरपालिकाका मेयर पदका उम्मेदवारहरूले देशकै नमुनाका रुपमा नगर विकास गर्ने प्रतिबद्धता जनाएका छन्। रफ्त सञ्चार क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा उनीहरूले यहाँको शिक्षा, स्वास्थ्य, सडक, ढल निकास, पर्यटनलगायतका क्षेत्रको समग्र विकासका लागि लागिपर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार अष्ट कबे, चाँगुनारायण नगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार सोम मिश्र, सूर्यविनायक नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार दिलकृष्ण तज, चाँगुनारायण नगरपालिकामा राप्रपाका तर्फबाट मेयरका उम्मेदवार रविन्द्रप्रताप शाहलेे आफू विजयी भए नगरलाई नमुनाका रुपमा विकास गर्ने दाबी गरे।

प्रकाशित: २२ वैशाख २०७४ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App