१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ । 

राष्ट्रपति भण्डारीलाई भेट गर्न सभामुख घर्ती बिहीबार दिउँसो शीतलनिवास पुगेका थिइन् । आफ्नै कार्यकक्ष सिंहदरबारमा प्रमुख तीन दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गरी उनी राष्ट्रपति भण्डारीलाई भेट गर्न शीतलनिवास पुगेकी थिइन् । 

व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावका बाँकी प्रक्रिया र स्थानीय तहको निर्वाचनका विषयमा उनीहरुका बीचमा कुराकानी भएको सभामुख घर्तीका सञ्चार सल्लाहकार बबिन शर्माले जानकारी दिए । 

“महाअभियोगको विषयमा यसअघि सदनमा स्थापित नजिरका आधारमा अगाडि बढ्ने र दलका सहमतिका आधारमा संविधान संशोधनमाथि छलफल स्थगित भएको सभामुखले राष्ट्रपतिलाई भेटमा जानकारी गराउनुभयो ।” उनले भने । रासस 

प्रकाशित: २१ वैशाख २०७४ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App