१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

देख्दै रहरलाग्दो हुन्डाई आई–१०

निजी सवारी प्रयोग गर्नेको संख्या बढ्दै गएपछि विभिन्न कम्पनीका नयाँ भर्सनमा नयाँ मोडलका गाडी आउने क्रम जारी छ । पछिल्लो पटक निकै चम्किलो र स्र्पोटी लुकसहित हुन्डाईले नयाँ कार नेपाली बजारमा भित्रयाएको छ । गत माघमा भारतमा सार्वजनिक भएको ‘हुन्डाई ग्रान्ड आई–१० को फेसलिफ्ट–२०१७’ गाडी अघिल्लो साता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा भिœयाएको हो ।
नेपाली प्रयोगकर्तालाई लक्षित गरेर काठमाडौँमा ल्याएको हुन्डाईको नयाँ भर्सनमा उत्कृष्ट फिचर रहेका छन् । हुन्डाई आई–१०को अपग्रेडेड भर्सनको यो गाडी विभिन्न पेशा, व्यवसाय गर्ने मध्यम वर्गलाई लक्षित छ । यसको सुरुवाती बजार मूल्य नेपाली बजारमा २६ लाख ९६ हजार रुपैयाँ रहेको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।
अन्य गाडी चढेकालाई नयाँ गाडी प्रयोग गर्न ग्रान्ड आई–१० को फेसलिफ्ट सानदार विकल्प हुन सक्छ । स्वचालित वातावरण कन्ट्रोल एसी र रियर पार्किङ क्यामेरा, म्याग्ना भेरियन्टमा इन्सपेक्ट अटोडोर लक राखिएको छ । इन्टेरियर डिजाइनमा नयाँ स्वरूपमा छ । स्मार्टफोन नेभिगेस, एप्पल कार प्ले, गुगल एन्ड्रोइड अटो, भ्वाइस रिकग्निसन र मिरर लिंक कनेक्टीभिटी सपोर्ट गर्नेे टचस्क्रिन इनफोटेन्मेट सिस्टमलगायत छन् ।
ग्रान्ड आई–१०मा पेट्रोल भर्सनमा १.३ लिटरको पेट्रोल इन्जिन छ । यसको पावर ८३ पीएस छ । यसमा ५ स्पिड मेनुअल र ५ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प छ । यसको डिजेल भर्सनमा १.२ लिटरको इन्जिन छ । यसले ७५ पीएस पावर र १९० एनएमको टर्क दिन्छ । पेट्रोल मेनुअलमा १९.७७ किलोमिटर र पेट्रोल अटोमा १७.४९ प्रतिलिटर र डिजेल भर्सनमा २४.५४ प्रतिलिटरको माइलेज दिने कम्पनीको दाबी छ । यसको डिजाइन नयाँ छ ।
क्याबिनमा बेज–ब्ल्याक कलर सेड दिइएको छ । इन्ट्री लेभलको एरा भेरिन्टको फिचर्स छ । ड्राइभरसाइड एयर ब्याग र फ्रन्ट पावर विन्डोज स्टान्र्डडमा कायम छ । ड्युल फ्रन्ट एयरब्याग, स्पोट्र्स भेरियन्टबाट स्टान्डर्ड छ । ग्रील, बम्पर र फग लाइटमामा परिवर्तन छ । फग लाइटको बम्परको मुनि पहिलाको भन्दा बढी दिइएको छ । फग लाइटसँगै डे टाइम रनिङ ल्याम्प पनि दिइएको छ । हेड ल्याम्प्स र बनोटको डिजाइनमा फेरिएको छ । पहिलेको ग्रान्ड आई¬–१० भन्दा यो बिल्कुल नयाँ देखिनेछ । साइडमा १५ इन्चको नयाँ डायमन्ड कट एलोयह्विल छ ।
पाँच फरक–फरक रङमा ग्रान्ड आई–१० रहेको छ । निकै चम्किलो र स्र्पोटी लुक्स भएकाले प्रयोगकर्ता आकर्षित हुने कम्पनीको विश्वास छ । सिल्क सिल्भर, ट्विलाइट ब्लु, स्टार डस्ट, प्योर ह्वाइट र गोल्डेन अरेन्ज कलरको विकल्पलाई कायम राखिएको छ ।
यो गाडी चैतको दोस्रो साता ‘मिस नेपाल–२०१६’ अश्मी श्रेष्ठ र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले सार्वजनिक गरेका हुन् । कम्पनीका सेल्स एन्ड मार्केटिङका सहायक महाप्रबन्धक रूपेश शर्मा भट्टले सुरुवातदेखि नै हुन्डाई ग्रान्ड आई–१० ले ग्राहकको मन जित्न सफल भएको दाबी गरे ।

 

प्रकाशित: २१ वैशाख २०७४ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App