१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'न्यायपालिका आज्ञाकारी हुन नसक्ने’

काठमाडौं- पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आज्ञाकारी न्यायपालिका चलाउने अधिकार कसैसँग नभएको बताएका छन्। प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाइएको विरुद्ध काठमाडौंको वसन्तपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले अदालतको प्रतिस्थापन राजनीतिबाट हुन नसक्ने बताए।

पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, विभिन्न संवैधानिक निकायका पूर्व आयुक्त, पूर्व प्राध्यापक, डाक्टर, नागरिक अभियन्ताले सुरु गरेको 'न्यायालय बचाउ' अभियानमा श्रेष्ठले न्यायपालिकाले आफ्नो बुद्धि विवेकले काम गर्न पाउनुपर्ने बताए। 'भुइँचालोले ढलेको गजुर उठाउन छाडेर संस्था ढलाउन सरकार लागिपरेको छ' पूर्व प्रधानन्यायाधीश श्रेष्ठले भने। 'सत्तामा भएको बेला सबै कुरा नभुल्नुस्। अरुलाई खाने बाघले तपाईंलाई पनि खाला' श्रेष्ठले भने, 'न्यायपालिकालाई आफ्नो काम गर्न दिनुस्। डाक्टरलाई आफ्नो विवेकले काम गर्न दिनुस्, हामी अस्पतालको विकल्प खोज्न सक्दैनौं।’

पहिलो पटक सार्वजनिक कार्यक्रममा बोलेका पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले न्यायपालिकामाथिको बीभत्स आक्रमणविरुद्ध ऐक्यबद्धता जनाउन सबैलाई आग्रह गरे। डा. गोविन्द केसीले महाभियोग प्रस्ताव फिर्ता नलिए सत्याग्रहसहितको आन्दोलन हुने चेतावनी दिए।

 'न्यायपालिकाको स्वाधीनता बचाऔं, लोकतन्त्रलाई संस्थागत गरौं' भन्ने प्लेकार्डसहित कार्यक्रमका सहभागीले प्रधानन्यायाधीश कार्कीविरुद्धको प्रस्ताव तुरुन्त फिर्ता लिनुपर्ने माग गरेका थिए।

कार्यक्रममा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, श्रीहरि अर्याल, डाक्टर केसी, पूर्व सचिव द्वारिका ढुंगेल, बुद्धिजीविका तर्फबाट रबिन्द्र मिश्र, अधिवक्ता इन्दु तुलाधर, अधिकारकर्मी कृष्ण पहाडी, सुबोध प्याकुरेल, पूर्व प्रमुख आयुक्त उपे्रतीलगायतले न्यायालयमाथिको आक्रमण गलत भएको टिप्पणी गरे।

प्रकाशित: २१ वैशाख २०७४ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App