१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेताका नातेदार मेयरका उम्मेदवार

काठमाडौं- स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनेमध्ये केही पार्टी नेताका नातेदार छन्। केहीले नेतासँग निकट भएकै आधारमा उम्मेदवारी दर्ता गराउने मौका पाएका छन्।

काठमाडांै महानगरपालिकामा मेयरमा उम्मेदवार दिएका राजुराज जोशी कांग्रेस नेता नवीन्द्रराज जोशीका दाजु हुन्। उनी कांग्रेसका नेता प्रकाशमान सिंह निकट मानिन्छन्। काठमाडांै महानगरपालिकामा मेयर उम्मेदवारमा तीर्थराम डंगोल, नवीन चित्रकारलगायत आकांक्षी थिए। ती सबै आकांक्षीलाई उछिनेर जोशीले मेयरको टिकट पाएका छन्।

पोखरा महानगरपालिकामा कांग्रेसबाट मेयरको टिकट पाएका रामजी कुँवर कांग्रेसका नेता अर्जुननरसिंह केसीका बहिनीज्वाइँ हुन्। कुँवर कांग्रेसका अर्का नेता गगन थापाका पनि नातेदार हुन्। यसैगरी तनहुँको व्यास नगरपालिकामा उपमेयरमा उम्मेदवार दिएकी मीरा जोशी कांग्रेस सांसद धु्रव वाग्लेकी दिदी हुन्। दिदीलाई टिकट दिलाउन धु्रवले सुरुदेखि नै पहल गरेका थिए।

भरतपुर महानगरपालिकामा मेयरको टिकट पाएकी रेणु दाहाल माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। रेणुलाई विजयी गराउन माओवादी नेतृत्वले कांग्रेससँग चुनावी तालेमल गर्न खोजे पनि सफल हुन सेकन।

मेलम्ची नगरपालिकामा राप्रपाबाट उपमेयरको टिकट पाएकी कुमारी तामाङ राप्रपाका नेता तथा पूर्वसांसद चलनबहादुर तामाङकी छोरी हुन्।

प्रकाशित: २१ वैशाख २०७४ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App