१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटनामा परी ३० महिने बालकको मृत्यु

भक्तपुर- चाँगुनारायण नगरपालिका ३ झौखेलमा बुधबार घर अगाडि खेलिरहेको ३० महिने बालकलाई गाडीले ठक्कर दिंदा मृत्यु भएको छ। रामेछाप घर भई हाल झौखेल बस्ने बस्ने ३० महिनाको एनिक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

घर अगाडि बाटोमा खेल्ने क्रममा बा.१२ च ८७७४ नं.को  गाडीले ठक्कर दिँदा घाइते भई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान पश्चात लाश पोष्टसमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौ पठाइएको परिसरका प्रवक्ता कृष्ण प्रसाईले बताए। चालक काभ्रे अनैकोट ०९ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका १५ गठ्ठाघर बस्ने बर्ष ३२ को बिक्रम शाही ठकुरी र सवारी साधन महानगरीय प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेको उनले जनाए।

 

प्रकाशित: २० वैशाख २०७४ १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App