१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति उम्मेद्वार ल पेनमाथि बौद्धिक चोरीको आरोप

पेरिस – फ्रान्सको राष्ट्रपति पदकी अति दक्षिणपन्थी उम्मेद्वार मारिन ल पेनमाथि एक विपक्षी उम्मेद्वारको भाषण नक्कल गरेको भन्दै बौद्धिक चोरीको आरोप लागेको छ ।

आगामी मे ७ का दिन हुने राष्ट्रपति निर्वाचनकी दोस्रो चरणमा पुग्न सफल मारिन ल पेनलाई सोमबार उनले गरेको एयटा भाषणका क्रममा पहिलो चरणमा नै पराजित भएका विपक्षी उम्मेद्वार फ्रांस्वा फियोंको नक्कल गरेर बौद्धिक चोरी गरेको आरोप लागेको छ । 

राजधानी पेरिसको उत्तरस्थित भिल्लेपिन्टेमा पेनले गरेको भाषणमा फियोंले गत अप्रिल १५ मा गरेको भाषणको शब्द–शब्द दोहो¥याएको आरोप लागेको छ । मारिन लको नेसनल फ्रन्ट पार्टीले भने उनले फियोंको भाषण नक्कल गरेको नभई उनको सम्मान गरेको बताएको छ । 
आइतबार हुने फ्रान्सको दोस्रो चरणको निर्वाचनमा उनले इमानुएल म्याक्रोंसँग प्रतिस्पर्धा गर्दै छिन् । मारिन ल पेनको भाषण फियोंको भाषणसँग हुबहु मिलेको पहिलो पटक रिडिक्युल नामक युट्युब टिभी च्यानले प्रसारण गरेको बिबिसीले जनाएको छ । उक्त युट्युब च्यानल फियोंका समर्थकले इमानुएल म्याक्रोंलाई पहिलो चरणबाट हटाउने उद्देश्यले संचालन गरेका थिए ।

युट्युब च्यानलबाट सार्वजनिक गरिएको पेनको भाषण राष्ट्रपतीय निर्वचानको पहिलो चरणबाटै बाहिरिएका अनुदारवादी नेता फ्रांस्वा फियोंको भाषणसँग हुबहु मिलेको भिडियो फूटेजमा सुनिएको बिबिसीले जनाएको छ । ।

त्यसपछि ती फूटेजहरु सामाजिक संजाल ट्विटरमा पनि राखिएका छन् । सोमबार आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै ल पेनले स्रोत नखुलाई फियोंले दुई साताअघि गरेको भाषणका अनुच्छेदहरु बोलेकी थिइन् ।

फियोंले बोलेका उही शब्दावलीहरु पनि ल पेनले बोलेकी थिइन् । ल पेनको नेसनल फ्रन्ट पार्टीका एक अधिकारीले उनीसँग बृहत् सन्देश भएको भन्दै सो आरोपको खण्डन गर्दै ल पेनको भाषणले फियोंप्रति सहमति जनाएको र उनी जातिवादी नभएको देखाएको बताए । पेनका चुनावी अभियानका म्यानेजर डेभिड राकलिनले पनि पेनमाथि लागेको बौद्धिक चोरीको खण्डन गर्दै भाषण फियोंप्रति सम्मान भएको र फियोंको समर्थकले पनि सम्मान गरेको बताएका छन् । ल पेन र इम्यानुएल म्याक्रोंबीच आइतबार हुन लागेको अन्तिम चरणको चुनावमा प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित: २० वैशाख २०७४ ०५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App