१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मनाङका केही वडामा काँग्रेस निर्विरोध

मनाङ—नारफु गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका मिङमर छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन्। नारफुको तीनवटाका सबै पदहरु सो पार्टीका उम्मेदवार र्निविरोध भएका छन्। वडा नं १ को रिटर छोर्टेन लामा, २ मा मिङ्मर फुन्चो घले र ३ मा तेरिज ढोकी लामालगायत सदस्यहरु र्निविरोध निर्वाचित भएका हुन्।

त्यस्तै काँग्रेसका तर्फबाट नासोङ गाउँपालिकाका वडा नं ४ मा अध्यक्षमा हुपजङ गुरुङ, वडा नं ६ मा ङिङमा अमेल पोतेल र वडा नं ७ मा धनबहादुर गुरुङलगायत अन्य सदस्यहरु र्निविरोध भएका छन्।

नेपाली काँग्रेसले चामे गाउँपालिकाको प्रमुखमा महिला उम्मेदवारका रुपमा अनिता लामालाई चुनावी मैदानमा उतारेको छ भने उपप्रमुखमा मुनेन्द्रजङ्ग गुरुङलाई अघि सारेको छ।

नेस्याङ गाउँपालिकामा काँग्रेसबाट प्रमुखमा विनोद गुरुङ, उपप्रमुखमा छिरिङ ओङमा गुरुङ घले, नासों गाउँपालिकामा प्रमुखमा चन्द्र घले, उपप्रमुखमा कमलमाया गुरुङ छन्।

यता नेकपा(एमाले) ले चामेमा लोकेन्द्र घलेलाई प्रमुखमा उठाएको छ भने नेस्याङबाट कान्छा गुरुङलाई प्रमुख र मिङ्खु गुरुङलाई उपप्रमुखमा अघि सारेको छ। एमालेले नासो गाउँपालिका प्रमुखमा मनबहादुर गुरुङलाई उठाएको छ।

यस्तै माओवादी केन्द्रका तर्फबाट नेस्याङको प्रमुखमा याङडुङ गुरुङ, चामेको उपप्रमुखमा पासाङ विष्ट र नासोमा वेदबहादुर गुरुङलाई प्रमुखमा उठाएको छ।

उता राप्रपाले नासोमा रामकृष्ण गुरुङलाई प्रमुखमा उठाएको छ। रासस

प्रकाशित: २० वैशाख २०७४ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App