१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

साना दलमा पनि उत्साह

काठमाडौं– साना दल पनि पहिलो चरणको निर्वाचनअन्तर्गत उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी भएका छन्। स्थानीय चुनावमा तराई मधेस केन्द्रित दलहरूले पनि उम्मेदवारी दर्ता गराएका छन्। मधेसी मोर्चासँग आबद्ध रहेको संघीय समाजवादी फोरम नेपाल र मोर्चामा नरहेको फोरम लोकतान्त्रिकले काठमाडौंलगायतका विभिन्न ठाउँमा उम्मेदवारी दर्ता गराएका छन्।

 राजपाले दोस्रो चरणको चुनावमा भाग लिने तयारी गरेको पार्र्टीका नेताहरूले जनाएका छन्। राजपा नेताले मंगलबार केन्द्रीय समिति बैठक गरेर संविधान संशोधन भएमा भाग लिने बताएका थिए।

फोरम नेपाल र नयाँ शक्तिले सहकार्य गरेर यसपटक चुनावमा भाग लिएका छन्। देशभर  नयाँ शक्ति र फोरम नेपालबीच तालमेल भएर उम्मेदवारी दिएको फोरम नेपालका नेताले जनाएका छन्।  नवगठित राजपाले उम्मेदवारी मनोनयन नगरे पनि अवरोध नगर्ने निर्णय गरेको छ।

 राजपाले दोस्रो चरणको चुनावमा भाग लिने तयारी गरेको पार्र्टीका नेताहरूले जनाएका छन्। राजपा नेताले मंगलबार केन्द्रीय समिति बैठक गरेर संविधान संशोधन भएमा भाग लिने बताएका थिए।

केही समयअघि मात्र दर्ता भएको साझा पार्टी पनि चुनावमा भाग लिएको छ। सो पार्टीले काठमाडौं महानगरपालिकामा उम्मेदवारी दर्ता गराएको छ। साझा पार्टीले काठमाडौं महानगरपालिकामा मेयरमा किशोर थापालाई उम्मेदवार बनाएको छ। यसैगरी विवेकशील पार्टीले पनि काठमाडौं महानगरपालिकालगायत अन्य नगरपालिकामा उम्मेदवारी दिएको छ।

दोस्रो संविधानसभा चुनाव बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले पनि स्थानीय चुनावमा भाग लिएको छ। देशभक्त जनतान्त्रिक मोर्चाको नामबाट सो पार्टीले उम्मेदवारी दर्ता गराएको छ। सो पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा गोर्की श्रेष्ठ र उपमेयरमा सावित्री खरेललाई उम्मेदवार बनाएको छ। चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चाले पनि स्थानीय चुनावमा भाग लिएको छ।

यसैगरी परिवार दल पनि स्थानीय चुनावमा सहभागी भएको छ। परिवार दलले काठमाडौं महानगरपालिकाको मेयरमा लक्ष्मीप्रसाद भण्डारी र उपमेयरमा पुनम डंगोललाई उम्मेदवार बनाएको छ। राप्रपाबाट अलग्गिएको एकीकृत राप्रपा (राष्ट्रवादी) ले पनि स्थानीय चुनावमा भाग लिएको सो पार्टीका नेता महेश्वर रोकाले बताए। सो पार्टीले नुवाकोटलगायतका जिल्लामा उम्मेदवारी दिएको छ।

प्रकाशित: २० वैशाख २०७४ ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App