१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दोलखामा कांग्रेस – माओवादी केन्द्र तालमेल

दोलखा-जिल्लामा चुनावी तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रले ४ ओटा पालिकामा उम्मेदवार ब्यबस्थापन गर्न नसक्दा दर्ताका बखत दुवै दलका छुट्टा छुट्टै उम्मेदवारी परे।

कांग्रेस र माओवादी केन्द्रका नेताहरुका अनुसार जिल्ला स्तरको नेतृत्वले तालमेलका लागी सहमती गरेपनि वडा स्तरमा स्थानिय कार्यकर्ताबीच मन नमिलेका कारण ४ ओटा तहका प्रमुख र उपप्रमुख पदमा दुवै दलले उम्मेदवारी दर्ता गरेका छन् ।

दुई दलले सदरमुकाम चरिकोटमा ४ दिन अघि जिल्लाभर तालमेलको घोषणा गरेका थिए । तर जिल्ला स्तरबाट घोषित सहमती अनुसार स्थानीय तहका ५ ओटा पालिकामा मात्र प्रमुख र उपप्रमुखमा सहमती गरेर स्थानीय पार्टी कमिटिहरुले मंगलबार उम्मेदवारी दर्ता गरे ।

जिल्ला नेतृत्वहरु मार्फत भएको सहमती अनुसार कालिञ्चोक गाउँपालिकामा नेकपा माओवदी केन्द्रका तर्फबाट कुलबहादुर बुढाथोकी प्रमुख र कांग्रेसका गोपिलाल थामीले उपप्रमुखमा उम्मेदवारी दिए । यस्तै तामाकोशी गाउँपालिकामा कांग्रेसका भवेन्द्र कार्की प्रमुख र नेकपा माओवादी केन्द्रका रामचन्द्र पोखरेलले उपप्रमुखमा उम्मेदवारी दर्ता गरे । विगु गाउँपालिकामा कांग्रेसका युसधिष्ठिर खड्का र उपप्रमुखमा माओवादी केन्द्रका सञ्जिव ओलीले उम्मेदवारी दर्ता गराए । गौरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका निमा लामा प्रमुख र नेपाली कांग्रेसका कमलत्रिबmम खड्काले उपप्रमुखमा उम्मेदवारी दर्ता गराए । वैत्येश्वर गाउँपालिकामा नेपाली कांग्रेसकिा छवी लामा प्रमुख र नेकपा माओवादी केन्द्रका रविचन्द्र आचार्यले उपप्रमुखमा संयुक्त गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन ।

तालमेलको घोषणा गरेका दुई दलले वडास्तर सम्म व्यवस्थापन गरेका थिए । तर ९ पालिका मध्ये ५ ओटामा तालमेल भएका पालिकाहरुका केही वडामा दुवै दलका स्थानीय कार्यकर्ता बिच सहमती जुट्न नसक्दा वडास्तरमा छुट्टा छुट्टै चुनाव लडेका छन् ।

कांग्रेसका नेता ताराबहादुर कोईरालाले सहमती अनुसार ५ ओटामा मात्र संयुक्त गठबन्धनको तर्फबाट प्रमुख र उपप्रमुखमा छुट छुट्टै उम्मेदवारी दर्ता भएको जानकारी दिए । ‘बिहिबार सम्म मनोनयन फिर्ता दिने समय भएका कारण दुवै दल आपसी छलफल गरेर जिल्लाभरी मिलाउछौं’ उनले भने ।

नेताहरुका अनुसार भिमेश्वर र निरीका मेयर उपमेयर सहित सबै वडामा कांग्रेस र माओवादी केन्द्र दुवैले उम्मेदवारी दर्ता गराए । शैलुङमा समेत दुवैले उम्मेदवारी दिए । मेलुङमा माओवादी केन्द्रले महिला प्रमुख दियो भने उपप्रमुखमा पुरुषको उम्मेदवारी दर्ता गरायो । कांग्रेस जिल्ला नेता बर्मा लामा प्रमुख पदमा उम्मेदवार बनेको यो पालिकामा बुधबार बिहान सम्म गठबन्धनको तर्फबाट छलफल गरी टुङग्याईने नेकपा माओवादी केन्द्रका एक जिल्ला नेताले बताए ।

एमालेले जिल्लाका सबै स्थानमा एक्लै उम्मेदवारी दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केही गाउँपालिकामा आफ्ना प्रमुख र उपप्रमुखका उम्मेदवार दर्ता गराएको छ । नयाँ शक्ती, माले, सहित केही स्वतन्त्र उम्मेदवारले समेत जिल्लाका केही पालिकामा उम्मेदवारी दर्ता गराएको नेताहरुले बताएका छन् ।

 

 

प्रकाशित: १९ वैशाख २०७४ १४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App