१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पोखरामा यस्ता छन् प्रत्यासी

पोखरा-  चारनम्बरको सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका लागि दलका नेताहरु उत्साहि हुँदै उम्मेदवारी दर्ता गराएका छन्। महानगरको मेयरका लागि कांग्रेसका रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङले उम्मेदवारी दिएका छन्।

त्यस्तै एमालेका मानबहादुर जिसीले मेयर र मञ्जु गुरुङले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। माओवादी केन्द्रका तर्फबाट मेयरमा विश्वप्रकाश लामिछाने र उपमेयरमा गोमा ढकालले उम्मेदवारी दिएका छन् । राप्रपाका तर्फबाट मेयरमा गिता गुरुङ र उपमेयरमा रमेशबहादुर खत्रीले उम्मेदवारी दिएका छन्। संघीय समाजबादी फोरम र नयाँशक्ति नेपालले मिलेर मेयर र उपेमयरका उम्मद्वारी दर्ता गराएका छन् । मेयरमा संघीय समाजबाजीका तर्फबाट हुम गुरुङ र उपमेयरमा नयाँशक्तिकी लक्ष्मीखाती परियारले उम्मेदवारी दिएका छन् । अखण्ड पार्टीका तर्फबाट मेयरमा मोति गिरी र उपमेयरमा गोमा रायमाझिले उम्मेदवारी दिएका छन्।

प्रकाशित: १९ वैशाख २०७४ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App