१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेको तर्फबाट काठमाडौंको मेयरमा विद्यासुन्दर शाक्य

काठमाडौं- नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उम्मेदवार गराउने निर्णय गरेको छ।

एमाले केन्द्रीय कमितटीले सिफारिसमा परेका मध्येहरुबाट शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उपमेयरको नाम भने टुंगो लागेको छैन।

शाक्य पूर्व वडाअध्यक्ष एवं एमाले काठमाडौं जिल्ला कमिटी सचिव हुन्।

काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिश गरेको थियो। एमाले प्रदेश नम्बर तीन कमिटीले काठमाडौं मेयर उम्मेदवारमा एमालेबाट सिफारिश हुनेहरुमा जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य, विदुर मैनाली, बसन्त मानन्धर र कल्पना रिजाल थिए।  

प्रकाशित: १९ वैशाख २०७४ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App