१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ट्विटरमा ट्रेन्डिङ गर्दै 'सिजे कार्की'

सुशीला कार्की। फाइल फोटो

काठमाडौं – प्रधान न्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव दर्ता भएसँगै सामाजिक सञ्जालमा त्यसबारे बहस सुरु भयो। आइतबार ४:३० बजे देखि सुरु भएको त्यो बहसले नेपालको ट्विटर प्रयोगकर्तामा सबैभन्दा बढी चर्चा पाएको छ।

यही चर्चाका कारण सोमबार साँझ 'सिजे कार्की' ट्विटर ट्रेन्डिनङको शीर्ष स्थानमा पुगेको छ।

प्रधान न्यायाधीश सुशिला कार्कीमाथि महाअभियोगको समाचार सेयर गर्ने क्रममा माइरिपब्लिकाले सबैभन्दा पहिला ट्विटरमा ‘सिजे कार्की’ शब्दावली प्रयोग गरेको थियो। सोमबार साँझसम्म त्यो ट्रेन्डिङ गरिरहेको छ। सिजे कार्की उल्लेख गरेर ट्विटरमा २१ हजारभन्दा बढी ट्विट भएका छन्। ती मध्ये धेरै भेरिभाइड अकाउन्ट छन्।

कांग्रेस-माओवादीले प्रतिशोध लिन प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। सो कार्यको सामाजिक सञ्जालबाट सर्वसाधारणले व्यापक विरोध गरेका थिए। 

प्रकाशित: १८ वैशाख २०७४ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App