१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महाअभियोग फिर्ता लिन सङ्घीय समाजवादी फाेरमको माग

काठमाडौं– सङ्घीय समाजवादी फोरम नेपालले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग न्यायीक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गरेको छ।

सत्तामा रहेका व्यक्तिहरुले गैरकानूनी तरिकाबाट आफ्ना व्यक्तिगत, गुटगत र दलगत स्वार्थ परिपूर्ति गर्न राजकीय सत्ता र शक्तिको दुरुपयोग गरी स्वतन्त्र न्यायालयलाई प्रभाव पार्नु वा पार्न खोज्नु अत्यन्तै गैरलोकतान्त्रिक चरित्र भएको पार्टी अध्यक्ष उपेन्द्र यादवले सोमबार दिउँसो विज्ञप्तीमार्फत जनाएका छन्।

‘प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रद्धारा व्यवस्थापिका संसद्मा दर्ता गरिएको महाअभियोगको प्रस्तावले संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला मात्र नभई सरकार (कार्यपालिका) ले स्वतन्त्र न्यायपालिकामाथि नियन्त्रण र सर्वोच्च अदालतको न्यायिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप गर्ने कार्य लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको मूल्य र मान्यताका विपरीत रहेका छन्,’ विज्ञप्तीमा भनिएको छ।

महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिई न्यायालयको स्वतन्त्रतालाई सम्मान गर्न पनि उक्त पार्टीले आग्रह गरेको छ।

प्रकाशित: १८ वैशाख २०७४ १०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App