१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आइएस विरुद्धकाे हवाई आक्रमणमा कम्तीमा ३५१ सर्वसाधारणको मृत्यु

वासिङटन –  इराक र सिरियामा इस्लामिक स्टेट (आइएस) लडाकूविरुद्ध जारी अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ३५२ सर्वसाधारणको मृत्यु भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार सो जानकारी दिएको छ । 

सिरिया र इराकमा भएका तीे हवाई आक्रमणहरु सन् २०१४ अगस्तबाट २०१७ मार्च महिनासम्मको रहेका छन् । सो समयमा आइएस लडाकूविरुद्ध जारी रहेका हवाई आक्रमणमा मारिएका सर्वसाधारणको तथ्याङ्क आइतबार सार्वजनिक गरिएको थियो।

पेन्टागनकाअनुसार सन् २०१६ नाभेम्बरबाट २०१७ मार्चसम्म भएका आइएसविरुद्ध जारी रहेको हवाई आक्रमणमा कम्तीमा ४५ सर्वसाधारणको मृत्यु भएको थियो । 

लन्डनआवद्ध एम्नेस्टि इन्टरनेसनलका अनुसार संयुक्त गठबन्धन सेनाद्धारा सिरियामा मात्र भएका ११ वटा हवाई आक्रमणमा कम्तीमा ३ सय सर्वासाधारणको मृत्यु भएको थियो । 

प्रकाशित: १८ वैशाख २०७४ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App