१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पराजुली कामु प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश शुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन्।

प्रधानन्यायाधीश अनुपस्थित रहे, मृत्यु भए  वा महाभियोग लागे वरिष्ठ न्यायाधीश कायममुकायम प्रधानन्यायाधीश हुने व्यवस्था संविधानमा छ । संविधानको सोही व्यवस्थाअन्तर्गत पराजुलीले जिम्मेवारी पाएका हुन् ।  कार्कीविरुद्ध एक चौथाइभन्दा धेरै सांसदले हस्ताक्षर गरेर  महाभियोग प्रस्ताव दर्ता गराएपछि कार्की स्वतः पदबाट निलम्बित भएकी छन् । महाभियोगमा निर्णय नभएसम्म कार्कीले कायममुकाम भएर सर्वोच्च अदालत चलाउने छन् । कार्कीको कार्यकाल एक महिना बाँकी हुँदा महाभियोग लगाइएको हो ।

प्रकाशित: १८ वैशाख २०७४ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App