१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती: नेपाली सेना

काठमाडौं–देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको सेनाले निश्कर्ष निकालेको छ। सैनिक मुख्यालय जंगी अड्डामा आईतबार राती बसेको आकस्मिक बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरुको समिक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरेको हो। प्रधानसेनापति राजेन्द्र क्षत्रीको नेतृत्वमा बलाधिकृत रथी र बलाध्यक्ष रथी सहित सबै महानिर्देशनालय प्रमुख सहितको बैठकमा बर्तमान राजनीतिक अवस्थाका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

 प्रधानसेनापतिको सचिवालयले आयोजना गरेको आकस्मिक बैठकको निर्णय उपत्यका सहित पाँचै पृतना मुख्यालय र मातहतका बाहिनी, गण र गुल्मलाई राती नै सम्प्रेषण भएको छ। ‘पछिल्लो घटनाक्रमका बिषयमा छलफल र समिक्षा भएको हो, सम्भावित सुरक्षा चुनौतीको सामनाका लागि तयारी अवस्थामा रहन निर्देशन भएको छ,’ बैठकमा सहभागी एक उपरथीले नागरिकसँग भने। उनका अनुसार तराईमा जिल्ला साथै पहाडी र हिमाली भेगमा समेत राजनीतिक आवरणमा बिध्वंसका गतिविधी हुनसक्ने बिषयमा बैठककमा छलफल भएको हो । उनले थपे ‘अवस्था देश र जनताको अहितमा रहे तयार रहेन प्रधानसेनापतिबाट निर्देशन भएको हो,’ ।

 सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले हालको अवस्थाको समिक्षा सहित आईपर्ने अवस्थाको सामनाका लागि आवश्यक रणनीति बनाएर अघि बढने बैठकले निर्णय गरेको बताए। उनले भने ‘पछिल्लो घटनाक्रमबाट सुरक्षा चुनौती थपिन सक्ने र अवस्था हेरेर थप निर्णय गर्ने बैठकले निर्णय गरेको हो,’। स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन्। मन्त्रिपरिषदको चैत २९ को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिशमा बिहीबार राष्ट्रपतिबाट सेना परिचालनको स्वीकृति भएको हो।

गृहले बनाएको सुरक्षा योजनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको जिम्मेवारीमा रहेका कार्यालयको सुरक्षा जिम्मेवारी निर्वाचन अवधिभर सेनाले लिएर प्रहरी र सशस्त्र निर्वाचनमा खटिनेछन्। यस्तै सेनाले देशभरका निर्वाचन क्षेत्रदेखि मतदान केन्द्रसम्म बाहिरी घेरा सहित नियमित पैदल गस्ती गर्नेछ। निर्वाचनका लागि आवश्यक सामाग्रीको हवाई ढुवानी र ओसारपसारको जिम्मेवारी समेत सेनाले पाएको छ। दोस्रो संविधानसभा निर्वाचनकै सुरक्षा योजना अनुसार विकट हिमाली जिल्लाका लागि निर्वाचन आयोगको आवश्यकता अनुसार सैन्य विमान प्रयोग हुनेछन्। सैनिक उच्चस्रोतका अनुसार सरकारको निर्देशन अनुसार निर्वाचन सुरक्षाका लागि ब्यारेक बाहिर रहेको सेनाले आफ्नो आन्तरिक योजना समेत बनाएको छ। स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित निर्वाचन विरोधी गतिविधी रोक्न सेनाको विशेष फौज सक्रिय हुनेछ।

प्रकाशित: १८ वैशाख २०७४ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App