१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा

गृहमन्त्री निधि। फाइल तस्विर

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन्। नागरिकन्युजसँग कुरा गर्दै उनले आफूले पद त्यागेको बताए। 'हो मैले राजीनामा दिको हुँ', उनले भने।

प्रधान न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको केही घन्टापछि नै गृहमन्त्रीको राजीनामा आएको हो। नेपाली कांग्रेसका नेता निधि प्रधान न्यायाधीशलाई महाअभियोग लगाउने प्रस्तावको विपक्षमा रहेको स्रोतले दाबी गर्‍यो।

प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो बरियतामा उपप्रधानसहित कमल थापालाई सरकारमा ल्याएपछि मन्त्री निधि असन्तुष्ट थिए। सत्ता, शक्ति र पदको दुरुपयोग गरी जनआन्दोलन दमन गर्ने कार्यमा संलग्न थापालाई आफूभन्दा बरिष्ठ बरियतामा ल्याएपछि निधिले असन्तुष्टि जनाएका थिए।

सभापति शेरबहादुर देउवाको विशेष निर्देशनमा उनी मन्त्रिपरिषदका पछिल्ला बैठकमा सहभागी भए पनि आफ्नो अडान छोडेका थिएनन्।

निधिले प्रधानमन्त्रीलाई बुझाएको राजीनामा

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App