समस्या समाधानका लागि कूटनीतिक पहल

आइतबार, १७ बैशाख २०७४, १२ : १२ नागरिक

काठमाडौँ–  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको चासो विकास र समृद्धितिर भएको बताएका छन् । 

मलेसियाका पूर्वप्रशासक र व्यवसायीको टोलीसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पूरा गर्न रातदिन लागिपरेको बताए। 

“ नेपालमा भएको लगानी र पूर्वाधार सम्मेलनमा लगानीको राम्रो प्रतिबद्धता आएको छ, लगानीका सम्बन्धमा रहेका प्रतिकूल कानुन परिमार्जन गरेर हामी लगानी भित्र्याउन चाहन्छौँ, अहिले आर्थिक वृद्धि बढेको छ, समृद्धि र विकासमा सकारात्मक लक्षण देखापरिरहेका छन्”, उनले भने । 

उनले मलेसिमा काम गरिरहेका नेपालीले विभिन्न कठिनाइ भोगिरहेको तथा निःशुल्क राहदानी भनिए पनि कामदार विभिन्न नाममा शुल्क तिर्न बाध्य भइरहेकोप्रति सरकार जानकार छ, सरकारले मलेसियामा कार्यरत नेपाली कामदारका समस्या समाधानका लागि कूटनीतिक पहल गरिरहेको छ ।” मलेसियाले छोटो अवधिमा आर्थिक विकास गरेको कुराबाट नेपालले पनि शिक्षा लिने उनले बताए । 

सो अवसरमा मलेसियाको पुत्रजय नगरका पूर्वप्रमुख तथा पूर्वगृहसचिव तान्श्री आसेले दाहाल नेतृत्वको सरकारका पालामा विकास र आर्थिक वृद्धिदरमा प्रगति भएको बताउँदै विकास र समृद्धिमा नेपाल तथा मलेसियाबीच सहकार्यका लागि आग्रह गरे । नेपाल मलेसिया बिजनेस काउन्सिलका अध्यक्ष प्रदीप दातोले नेपालीले मलेसियामा गरेको व्यवसायका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराए । रासस 







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad