१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अाेप्पोले लियो विश्वको चौथो ठूलो बजार हिस्सा

काठमाडौं– इटरनेसनल डाटा कर्पोरेसन (आइडिसी)ले गरेको अनुसन्धानले  सन् २०१७ को पहिलो त्रैमासिकमा ओप्पो स्मार्टफोन चौंथो स्थानमा रहन सफल भएको छ। आइडिसीद्वारा प्रस्तुत डाटाका अनुसार विश्व बजारमा २५.६ मिलियन बिक्री परिमाण (सेल्स भोल्युम) र २९.८ प्रतिशत इयर अन इयर ग्रोथका साथ ओप्पो उक्त स्थानमा रहन सफल भएको कम्पनीले जनाएको छ।

चिनियाँ बजारमा बलियो उपस्थितिका लागि ओप्पोको बर्गियर क्यामेरा केन्द्रित आरनाइन एसले विशेष भूमिका निर्वाह गरेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै बाहिरी बजारमा पनि ओप्पोको वृद्धिदर राम्रो रहेको कम्पनीले जनाएको छ।

एसियाका अन्य भाग तथा मध्य पूर्व र अफ्रिकी क्षेत्रमा समेत ओप्पोको बलियो बिक्री सञ्जालमार्फत राम्रो उपस्थिति जनाउन सफल भएको कम्पनीको दाबी छ। भारतीय बजारको  ‘एबोभ द लाइन’ तथा ‘बिलो द लाइन’ क्रियाकलापमा समेत ओप्पोको उपस्थिति राम्रो रहेको कम्पनीले जनाएको छ।

त्यस्तै इन्डोनेसिया लगायत दक्षिणपूर्वी एसियाली देशमा समेत सेवा केन्द्र स्थापना गर्दै विक्रीपछिको सेवामा उत्कृष्टता प्रदान गर्न थालेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ वैशाख २०७४ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App