१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई क्षतिपूर्ति दिइने

पर्सा – भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले आठ वर्ष पछि क्षतिपूर्ति पाउने भएका छन् । 

बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको विसं २०६६ साल असोज १७ गते भारतको बिहार जमुनिया नजिकै एसएसवीले चलाएको गोली लागेर मृत्यु भएको थियो । 

जमुनिया बजारबाट उपभोग्य सामान खरिद गरी फर्किने क्रममा एसएसबीसँग विवाद हुँदा यादवको गोली हानी हत्या गरिएको थियो । निर्दोष व्यक्तिको हत्या भएको भन्दै दुवै देशका मानवअधिकारवादी सङ्घ सङ्गठन र विभिन्न सङ्घसंस्थाले चर्को विरोध गरेपछि आठ वर्ष पछि मृतक नेपालीको परिवारले क्षतिपूर्ति पाउने भएका हुन् । 

एसएबीका प्रहरी अधिकृतले बारा र पर्साका प्रहरी प्रशासनलाई यही वैशाख ७ गते पत्राचार गर्दै मृतक यादवलाई रु पाँच लाख भारतीय रुपैयाँ क्षतिपुर्ति दिने निर्णय गरिएको जनाएको छ । रासस 

प्रकाशित: १६ वैशाख २०७४ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App