१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रक दुर्घटनामा दुई घाइते

रुकुम – त्रिवेणी गाउँपालिका–६, गणेशमोडमा शुक्रबार राती मालबहाक ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दाङ घोराहीबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगा आउँदै गरेको ना ४ ख ८८९१ नम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सल्यान दमाचौरका ३२ वर्षिया बिपिन विक र सहचालक दाङ बिजौरीका १६ वर्षिया यामबहादुर योगी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थमनवहादुर रजालीले बताए । उनका अनुसार ओरालो मोटमा ब्रेक फेल भई ट्रक दुर्घटना भएको हो।

घाइतेहरूको उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित: १६ वैशाख २०७४ ०५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App