सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

शुक्रबार, १५ बैशाख २०७४, १९ : ३२ नागरिक

काठमाडौँ– स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ।

सो पार्टीले आज विज्ञप्तिमार्फत नेपाली सेना जस्तो व्यावसायिक सङ्गठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्दा यसको गरिमा, प्रतिष्ठा र वर्षाैंदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्न सक्ने जनाएको छ ।

“सेनाको भूमिकालाई विवादित हुन नदिन निर्वाचनमा सेना परिचालन गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै निर्णय तत्काल फिर्ता लिन सङ्घीय समाजवादी फोरम, नेपाल जोडदार माग गर्दछ”, अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले स्थानीय तहको चुनाव दुई चरणमा गराइए पहिलो चरणको मत परिणामले दोस्रो चरणको चुनावी नतिजालाई प्रभावित गर्ने भएकाले दुई चरणको निर्वाचन प्रक्रियाप्रति पनि आपत्ति जनाएको छ ।

“परिमार्जनसहित संविधान संशोधन गरी सङ्घीय गठबन्धन/मोर्चाले उठाएको माग सम्बोधन नभएसम्म कुनै पनि चुनाव स्वीकार्य छैन । निर्वाचनअघि बजेट घोषणा भए निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने र मतदातालाई समेत प्रभावित गर्ने भएकाले निर्वाचनपछि मात्रै बजेट ल्याउनुपर्ने सङ्घीय समाजवादी फोरमको ठहर छ”– विज्ञप्तिमा उल्लेख छ । रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad