१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्तालाई ओलीले दैवी शक्ति प्राप्त गरेको ठानेः दाहाल

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तालाई दैवी शक्ति प्राप्त गरेको जस्तो ठानेको बताएका छन्। शुक्रबार आफ्नै निवास लाजिम्पाटमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले सरकारमा सहयात्री दललाई समेत बेवास्ता गरेका ओलीको पछिल्लो व्यवहारले त्यस्तो पुष्टि हुँदै गएको बताए। ‘एमालेकै केही वरिष्ठ नेताले पनि मलाई सरकारमा पुग्नुलाई ओलीले आफूलाई भगवानले शासन गर्न पठाएको र दैवी शक्ति  प्राप्त गरेको व्यवहार देखाइरहेको बताएका थिए। जुन कुरा उनको अहिलेको व्यवहारले देखाउँदैछ,’ उनले भने।

सरकारको साझेदार भइकन पनि ओली आफ्नै पाराले अघि बढेको र अन्ततः माओवादीलाई नै सिध्याउने खेलमा लागेपछि समर्थन फिर्ता लिनु परेको दाहालको भनाइ छ।  ओलीले शान्ति प्रक्रियालाई सजह बनाउनुको साटो बल्झाउने काम गरेको उनको आरोप छ। सँगै काम गर्ने मनसायले आफूले मौखिक र लिखित जानकारी गराउँदा पनि ओलीले त्यसलाई अटेर गरेको उनको भनाइ थियो। संसदमा अविश्वासको प्रस्ताव पेश भएपनि ओलीले संविधानले नयाँ प्रधानमन्त्री चयन हुने व्यवस्था नगरेको भन्दै अन्योलता सृजना गर्न खोजेको उनले बताए। यतिखेर ओलीले राजीनामा दिनुको साटो विभिन्न षडयन्त्रमा उद्धत हुँदै गरेको दाहालको आरोप छ। ओलीले राजीनामा दिएर परिस्थतिलाई सहज अवस्था सृजना गर्नुपर्ने उनको माग छ। ‘दलीय राजनीतिमा सबै पार्टी आफ्नो निर्णय गर्न स्वतन्त्र छन्,’ दाहालले भने, ‘दलहरूले स्वतन्त्र निर्णय गर्न खोज्दा कहिले ब्याट्री त कहिले बाहिरको भनेर ओलीले हेप्न खोजे।’

 

प्रकाशित: ३१ असार २०७३ १४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App