१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओली र भारतीय राजदूतबीच भेटवार्ता

एमाले अध्यक्ष ओली तथा भारतीय राजदूत। फाइल तस्विर

काठमाडौं—नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गरेका छन्।

एमाले मुख्यालय पुगेर राजदूत पुरीले ओलीसँग भेटवार्ता गरेका हुन्। सरकारले संविधान संशोधन संशोधनमा समर्थन जुटाउने प्रयास गरिरहेका बेला एमाले अध्यक्ष भेट गर्न राजदूत पुरी धुम्बाराही पुगेका हुन्। भेटमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार छलफलमा विद्यमान राजनीतिक गतिरोध, स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा विचार विमर्श भएको थियो। रासस

प्रकाशित: १४ वैशाख २०७४ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App